समाचार

काठमाण्डौमा बम विस्फोट भएको पुष्टि घाइते रविन केसी पक्राउ पक्राउ

प्रहरी भन्छ : बम अन्तै लगेर विस्फोट गराउने योजना रहेछ, तर बस्तीमै पड्कियो
जेठ १२, २०७६ आइतबार १८:१६:८ काठमाण्डौ – काठमाण्डौको सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।सुकेधाराको विस्फोटमा २ जनाको र घट्टेकुलोमा भएको विस्फोटमा १ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । दुई ठाउँमा गरेर ६ जना घाइते भएका छन् । प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ । घट्टेकुलोमा विस्फोट भएको वस्तु बम नै भएको पुष्टि भएको महनगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । घट्टेकुलामो विप्लव नेतृत्वको नेकपाको पर्चा पनि भेटिएको छ । घटनास्थल हेर्दा उनीहरुले त्यहाँ पड्काउने योजना बनाएको जस्तो देखिन्न, बस्तीभित्र बम बनाएर बाहिरै लगेर पड्काउने योजना बनाएको देखिन्छ, यद्यपि पुरै जानकारी लिने प्रयासमा छौं’, वरिष्ठ प्रहरी उपरीक्षक ज्ञवालीले भन्नुभयो । काठमाडौं– काठमाडौंको अनामनगरमा भएको बम विष्फोटस्थलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थी नेता रविन केसी पक्राउ पक्राउ परेक छन् ।उनलाई प्रहरीले घाइते अवस्थामा पक्राउ गरेको हो । नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस इकाई कमिटीका अध्यक्ष समेत रहेका केसीको अहिले राजधानीको वीर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । सो विष्फोटमा परेर लोकमञ्जरी कार्की निधन भएको समेत प्रहरीले

जनाएको छ । घटनामा १ जना घाइते भएको जनाइएको छ ।काठमाण्डौ – काठमाण्डौैका २ ठाउँमा भएका विस्फोटमा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।सुकेधारामा भएको विस्फोटमा दुई जना र घट्टेकुलोमा भएको विस्फोटमा १ जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिनुभयो ।सुकेधाराको विूफोटमा घाइते भएका ५ जनाको ओम अस्पतालमा र घट्टेकुलोमा घाइते भएका १ जनाको वीर अस्पतालमा उपचार भैरहेको पनि उहाँले जानकारी दिनुभयो ।प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ । घट्टेकुलोमा विस्फोट भएको वस्तु बम नै भएको पुष्टि भएको महनगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । घट्टेकुलामो विप्लव नेतृत्वको नेकपाको पर्चा पनि भेटिएको छ । घटनास्थल हेर्दा उनीहरुले त्यहाँ पड्काउने योजना बनाएको जस्तो देखिन्न, बस्तीभित्र बम बनाएर बाहिरै लगेर पड्काउने योजना बनाएको देखिन्छ, यद्यपि पुरै जानकारी लिने प्रयासमा छौं’, वरिष्ठ प्रहरी उपरीक्षक ज्ञवालीले भन्नुभयो । दुवै ठाउँमा एकै समयमा विस्फोट भएको हो । घटनस्थलमा प्रहरी र नेपाली सेनाको टोली पुगेको छ

Related Articles

Back to top button