अन्तर्राष्ट्रिय

ओमानमा बंगाली सँग बस्दै आएकी दुई नेपाली महिलाको हत्या

युएई । ओमनमा दुई नेपाली महिलाको हत्या भएको छ । बैदेशिक रोजगारीको शिलसिलामा ओमान पुगेकी मोरङ र बर्दिया घर भएकी दुई नेपाली महिलाको हत्या भएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । वैदेशिक रोजगारीका लागि २२ महिनाअघि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको गएको जेठ ३ गते हत्या भएको हो ।ओमानको सलाहमा बस्दै आएकी अप्सरा दाहालको चक्कु हानेर हत्या गरिएको जनाइएको छ । चक्कु हानेर घाइते भएकी अप्सराको उपचारका क्रममा अस्पतालमा ज्यान गएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । अप्सराको शव अहिले सुल्तान अलकाबुस अस्पतालमा राखिएको छ ।अप्सरा एक बंगाली नागरिकसँग बस्दै आएकाले हत्यामा तिनै बंगाली नागरिक संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको छ । घटना भएको ठाउँ टाढा भएकाले दूतावासको प्रतिनिधि पठाउने तयारी भइहरेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिएकी छन् ।बर्दियाकी सुनिता सार्कीको झुण्डिएको अवस्थामा फेला परेकी छन् । तर घुँडाले भुईं छोएकाले सुनिताको मृत्यु शंकास्पद देखिएको हो । सुनिताको मृत्युका बारेमा दूतावासलाई कुवेतमा रहेकी उनकी दिदीले जानकारी गराएकी थिइन् ।सुनिता भिजिट भिसामा ओमान पुगेर घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन् । अप्सरा र सुनिता दुवै जना काम गर्ने ठाउँ छोडेर भागेर बंगाली नागरिकसँग बस्दै आएको प्रारम्भिक जानकारी पाएको दूतावासले बताएको छ जेठ १२, २०७६ आइतबार १८:१६:८ काठमाण्डौ – काठमाण्डौको सुकेधारा र घट्टेकुलोमा भएको

विस्फोटमा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।सुकेधाराको विस्फोटमा २ जनाको र घट्टेकुलोमा भएको विस्फोटमा १ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । दुई ठाउँमा गरेर ६ जना घाइते भएका छन् । प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ । घट्टेकुलोमा विस्फोट भएको वस्तु बम नै भएको पुष्टि भएको महनगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । घट्टेकुलामो विप्लव नेतृत्वको नेकपाको पर्चा पनि भेटिएको छ । घटनास्थल हेर्दा उनीहरुले त्यहाँ पड्काउने योजना बनाएको जस्तो देखिन्न, बस्तीभित्र बम बनाएर बाहिरै लगेर पड्काउने योजना बनाएको देखिन्छ, यद्यपि पुरै जानकारी लिने प्रयासमा छौं’, वरिष्ठ प्रहरी उपरीक्षक ज्ञवालीले भन्नुभयो । काठमाडौं– काठमाडौंको अनामनगरमा भएको बम विष्फोटस्थलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थी नेता रविन केसी पक्राउ पक्राउ परेक छन् ।उनलाई प्रहरीले घाइते अवस्थामा पक्राउ गरेको हो । नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस इकाई कमिटीका अध्यक्ष समेत रहेका केसीको अहिले राजधानीको वीर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । सो विष्फोटमा परेर लोकमञ्जरी कार्की निधन भएको समेत प्रहरीले जनाएको छ । घटनामा १ जना घाइते भएको जनाइएको छ ।

Related Articles

Back to top button