समाचार

‘काठमाडौंमा टाइम बम’विस्फोट बसपार्कमा बम फेला गृह मन्त्रालयमा आकस्मिकबैठक

काठमाडौं । राजधानीका दुई स्थानमा भएको विस्फोट ‘टाइम बम’ बनाउने क्रममा भएको खुलासा प्रहरीले गरेको छ । खाना पकाउने ग्यास सिलिन्डरलाई टाइम बम बनाउने क्रममा प्राविधिक गडबडी भइ दुवै स्थानमा विस्फोट भएको प्रहरीले सुरुवाती निचोड निकालेको छ।प्रहरी उच्च स्रोतका अनुसार टाइम बम बनाउने क्रममा पड्किँदा घट्टेकुलोस्थित लोकमञ्जरी कार्कीको एक तल्ले घर र सुकेधारास्थित शैलुनमा टाइम बम बनाउने क्रममा तीनजनाको ज्यान गएको हो।प्रहरी स्रोतले यी विस्फोटमा मारिनेमा नेत्रविक्रम चन्द ‘विप्लव’ निकट नेवा मुक्तिमोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनसहित तीनजना रहेका जानकारी दिएको छ।गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ ।काठमाडौँको दुई स्थानमा आज विस्फोटपछि आकस्मिकरुपमा गृह मन्त्रालयमा बसेको बैठकमा उहाँले घटनाबारे विस्तृत अनुसन्धान गर्न र सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ ।बैठकमा गृह सचिव प्रमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र काठमाडौँ

उपत्यकाका तीनै जिल्लाका प्रजिअ सहभागी थिए बैठकमा सुरक्षा निकायका प्रतिनिधिहरुले घटनामा मृत्यु भएका र घाइते भएका व्यक्तिका विवरण,
घटनास्थलको अवस्थालगायतका बारेमा मन्त्री थापालाई जानकारी गराएका थिए ।प्रकाशित : आइतबार, जेठ १२, २०७६१५:०३पाँचथरको हिलिहाङ गाँउपालिकाका एक वृद्ध मृत फेला परेका छन् । हिलिहाङ गाउँपालिका–६ का ७० वर्षीय दलबहादुर योङहाङ आज मृत फेला परेका हुन् ।शनिबार घरमा कसैलाई नभनी हिँडेका योङहाङको शव आज बिहान मृतावस्थामा हेँवा खोलामा पानीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनको मृत्युबारे थप जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।उनको शवपरीक्षणपछि परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो ।प्रकाशित : आइतबार, जेठ १२, २०७६१४:५३ललितपुर– ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेलमा प्रहरी चौकीको अन्दाजी ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको हो ।बम हेर्न अहिले सर्वसाधारणको भीड लागेको छ । फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित बनेका छन् ।

Related Articles

Back to top button