समाचार

गृह मन्त्रालय भित्रै मुक्का हानाहान

काठमाडौं, १२ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताले राजधानीसहित देशभरि बम विस्फोटसहितको आतंक मच्चाइरहेका बेला गृहमन्त्रालयभित्रै कर्मचारीहरूमाथि कुटपिट भएको छ ।सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधामा असहमति राख्दै आइतबार एक समूहले गृह मन्त्रालयभित्रै कर्मचारीमाथि हातपात गरेको हो ।सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा टुंग्याउन गृह मन्त्रालयका सहसचिव ईन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।कार्यदलले विभिन्न प्रस्तावमा छलफल गरिरहँदा युवराज विकसहितको ११ जनाको टोलीले कर्मचारी र घाइते, अपाङ्गका प्रतिनिधिमाथि आक्रमण गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।द्वन्द्वका घाइते अपाङ्गलाई

भत्ता, उपचार खर्चसहितको सुविधाको माग राख्दै केही समय पहिले उनीहरू अनसनमा बसेका थिए ।माग सम्बोधन गर्न बनेको कार्यदलको बैठकमा कर्मचारीमाथि हातपात भएको होद्वन्द्वका घाइतेहरू समेत रहेको कार्यदलले विभिन्न विकल्पमा छलफल गरिरहेका बेला कार्यदलमा सहभागी युवराज विकले कुनै पनि प्रस्तावमा सहमति छैन भन्दै आक्रमण गरेको स्रोतले जनाएको छ ।युवराज विकले कार्यदल बाहिरका थप १० जना युवाहरूलाई बोलाएर कर्मचारीहरूलाई हातपात गरेका हुन् ।घटनालगत्तै हातपातमा संलग्नहरूलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाएको गृह मन्त्रालयले जनाएको छ ।विप्लवका कारण गृहमन्त्री रामबहादुर थापासहितका उच्च अधिकारीहरू शान्ति सुरक्षालाई लिएर केन्द्रित भएका बेला गृहमन्त्रालयभित्रै कुटाकुट भएपछि कर्मचारीहरूले आक्रोश व्यक्त गरेका छन् ।

Related Articles

Back to top button