समाचार

विप्लव’ समुहले यात्रुवाहक बसमा आगजनी

नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।काठमाडौं, १२ जेठ । काठमाडौंको बैद्यखानास्थित एउटा घरमा सेल्टर बनाइ अड्डा जमाएर बसेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी नेताहरूले बम बनाउँदै गर्दा बिष्फोट भएर ज्यान गुमाउनेको सनाखत भएको छ ।बैद्यखानास्थित लोकमञ्जरी कार्कीको घरमा अपरान्ह बम बिस्फोट हुँदा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रज्वल शाहीको मृत्यु भएको स्रोतले जनाएको छ ।बम विस्फोटमा परी त्रिचन्द क्याम्पसका विप्लव पार्टीका विद्यार्थी नेता इकाईअध्यक्ष रविन केसी घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बम बिस्फोट भएपछि अध्यक्ष केसी मलाई अस्पताल लगेर उपचार
गराउभन्दै सडकमा दौडिएका थिए । बम बिस्फोटमा परेका अन्य तीन जना फरार छन् ।सुकेधाराकोविस्फोटमा महोत्तरी घर भई सुकेधारामा सैलुन चलाउँदै

आएका ५९ वर्षका जीवकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको छ ।अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक जनाको भने सनाखत हुन सकेको छैन । घटनामा ४ जना घाइते भएका छन् ।घटनास्थलबाट विप्लव नेकपाको पर्चा भेटिएपनि ठाकुर भने सो पार्टीमा आबद्ध रहेको वा नरहेको खुल्न सकेको छैन् ।घट्टेकुलोको घटनास्थलमा भने विप्लव नेतृत्वको नेकपाका पर्चा भेटिएका छन् ।काठमाडौं, १२ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता बम पड्किदा काठमाडौंको थानकोटमा घाइते भएका छन् ।मोटरलाईकलमा बम बोकेर पड्काउन हिँडेका उनीहरू आफैले बोकेको बम पड्किदा घाइते भएका हुन् । घाइतेमध्ये एकजनालाई उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ । अर्का एकजना बम पड्किनेवित्तिकै फरार भएका छन् । उनको खोजतलास शुरू भएको छ ।काठमाडौंको चन्द्रगिरी नगरपालिकास्थित नागढुंगामा आफैले बोकेको बम विस्फोट हुँदा विप्लवका कार्यकर्ता घाइते भएका हुन् ।मोटरसाइकलमा बम बोकेर लैजाने क्रममा बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार बा २८ प ८१४५ नम्बर मोटरसाइकलमा आकाश लामा र बुद्ध लामाले बम बोकेर हिँडिरहेको बेला बम विस्फोट भएको थियो ।घटनामा आकाश लामा गम्भीर घाइते भएका छन् । लामा विप्लवका कार्यकर्ता भएको खुलेको छ । बुद्ध लामा भने फरार रहेका छन् ।

Related Articles

Back to top button