समाचार

काभ्रेपलाञ्चोक । दुई स्थानमा बम विस्फोट देशभर बम आतंक

काभ्रेपलाञ्चोक । सोमबार बिहान काभ्रेको दुई स्थानमा बम विस्फोट भएको छ । बनेपा नगरपालिकाको धनेश्वर जाने पुल नजिकै फोहोर भएको ठाउँ र पाँचखाल नगरपालिका– ६ तिनपिप्लेमा बम विस्फोट भएको हो ।धनेश्वरमा फोहोरको थुप्रोमा बम विस्फोट भएकाले कुनै क्षति पुगेको छैन । तिनपिप्लेमा भएको विस्फोटमा अरनिको राजमार्ग सडकमा थोरै क्षति पुगेको छ । बम विस्फोटबारे प्रहरीले भने केही जानकारी दिएको छैन । विप्लव नेकपा कार्यकर्ताले आइतबार साँझ बनेपामा मसाल जुलुस समेत निकालेको थियो ।मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी भएको छ । बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हेटौंडा-१ चौकीटोलमा र थाहा नगरपालिका- १ खानीगाउँमा ट्रकमा आगजनी गरेका हुन् ।त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगजनी भएको स्थान प्रहरी चौकी नजिकै पर्दछ ।यसैगरी हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली

ट्रकमा पनि आगजनी भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले जानकारी दिए ।बन्दको क्रममा हेटौंडा बजारको मुख्य चोक बुद्धचोक नजिक राखेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।यस्तै पूर्वपश्चिम राजमार्गको हेटौंडा-९ पशुपतिनगरमा ‘खतरा’ लेखिएका शंकास्पद वस्तु पनि फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहले जानकारी दिए ।यसैगरि बारा जिल्लामा पनि अज्ञात समुहले एक लरीमा आगजनी गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आईतबार बिहान रोकिराखेको भारतीय ट्रक लरीमा आगजनी गरेको हो ।नेपाल–भारत पेट्रोलियम पाईपलाईनका लागी पाईप बाकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरीमा आगजनी भएको हो । जिल्लाका अन्य स्थानमा भने अवस्था सामान्य रहेको बाराका प्रहरी प्रव्क्ता रञ्जित सिंह राठोरले जानकारी दिए ।विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण राजमार्गमा सवारीको चाप न्युन देखिएको छ । यद्यपी प्रहरीले भने बन्दको बेला हुनसक्ने अवांक्षित क्रियाकलापलाई मध्यनजर गर्दै जिल्लाको शान्ति शुरक्षा चुस्त बनाइएको बताएको

Related Articles

Back to top button