समाचार

चट्याङ लागि पाँच जनाको मृत्यु

काठमाडौँ । चट्याङ पर्दा भारतमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। फानी चक्रवातकाका कारण यस्तो भएको बताईएको छ ।सोनभद्र जिल्लामा एक बालकको मृत्यु भएको छ।यता चंदौली जिल्लाको सहाबगंजमा ४ जनाको ज्यान गएको जिल्ला प्रशासन अधिकारीले जनाएको भारतीय अनलाइन खास खबरले आईएएनएसलाई उद्धृत गर्दै उल्लेख गरेको छ।घाइते पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।सिड्नी – सोलोमोन द्वीपमा शुक्रबार ६।१ म्याग्नीच्यूडको भूकम्प गएको छ । बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।सो भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन । भूकम्पपछि जनधनको क्षतिको पनि कुनै समाचार प्राप्त भएको छैन ।रौतहट । रौतहटको गौर नगरपालिका ५ धरखण्ड चोकको एक स्थानीय पसलमा नक्कली बम राखेर २० लाख असुल्ने २ जना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा एक नेपाली एक भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।भारत बिहारका प्रेम पासवान र गौर नपा ५ का किशोर रायलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले एक ब्यापारीको

पसल अगाडि शंकास्पद बस्तु राखेर २० लाख रुपैयाँ लिएका थिए।२० लाख नदिए बम पड्काउने भन्दै पसललेलाई बाध्य पारेर उनीहरुले २० लाख असुलेका थिए । तर पछि प्रहरीले सो वस्तु नक्कली बम भएको पुष्टि गरेको थियो ।४ थान मोबाइल, नेपाली र भारतीय टेलिकमका सीम बरामदसहित उनीहरु पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहीताको स्फिोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।चितवन। बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव चितवनमा पनि परेको छ । चितवनमा बिहानैदेखि हाबाहुरी चलेको छ भने अन्धकार भएको छ ।भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट आउन लागेको सामुद्रिक आँधी फानीले पु¥याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै सरकारले त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिसकेको छ ।उक्त आँधी २ सय किलोमिटर प्रति घण्टाको गतिमा आउन सक्ने बताईएको छ । ‘फानी’ नामक यस सामुद्रिक आँधीका कारण शुक्रबार

अपराह्नमा हिन्दुहरुको तीर्थस्थल पुरीनजिकै भूस्खलन हुने पनि अनुमान गरिएको छ । हाल बङ्गालको खाडीबाट यस समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिसा राज्यतिर बढिरहेको बताइएको छ । फानीले शुक्रवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ ।
त्यो ओडिसाको तट हुँदै बङ्गलादेशतर्फ लाग्ने बताइएको छ ।नेपालको मौसम पूर्वानुमान महाशाखा ले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बङ्गलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ ।सोही प्रभावले आज शुक्रवारदेखि हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार भारतको ओडिसा तटिय क्षेत्रमा भित्रिने फानीको प्रभाव नेपालमा सोझै नभित्रिए पनि मौसमी उतारचढाव भने रहने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ ।महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘चक्रवात नेपालतर्फ आउने संभावना अहिलेसम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी, मध्य क्षेत्रमा शुक्रवार र शनिवार मौसम केही प्रभावित भई मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ’ । हिमाली भेगमा हल्का हिमपात हुने र आइतवारदेखि मौसममा क्रमिक सुधार आउने बताइएको छ ।

Related Articles

Back to top button