समाचार

प्रचण्ड निवास नजिकै बम फेला

काठमाडौँ – ललितपुरमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ।ललितपुरको टुटेपानीमा शंकास्पद वस्तु फेला परेको हो। पेटीमा शंकास्पद वस्तु देखिएपछि प्रहरीले सेनाको डिस्पोजल टोलीलाई खबर गरेको बताइएको छ।घटनास्थलमा पुगेको सेनाको डिस्पोजल टोलिले शंकास्पद वस्तुलाई निस्तेज पार्ने काम गरिरहेको प्रहरीले जनाएको छ। शंकास्पद वस्तु भेटिएको स्थान प्रचण्ड निवास नजिकै रहेको छ।प्रकाशित : सोमबार, जेठ १३, २०७६०४:३५मोरङ / मोरङको सुन्दरहरैंचा–७ ढडियास्थित पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बम भेटिएको छ । राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै उक्त बम फेला परेको हो ।बम भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेको छ । रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेको हो । बम कसले राखेको हो भन्ने नखुले पनि सोमबार विप्लव माओवादीले आह्वान गरेकोले बम पनि सोही समुहले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । नेपाली
सेनाको बम डिस्पोजल टोलीले उक्त बम डिष्पोज गरिएकाे जनाएको छ ।मोरङ । मोरङका बिभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेका छन् । विराटनगर

र बुढीगांगा गाउँपालिकाको बिचमा पर्ने बुढीगंगा गाउँपालिका १ पहाडगछ मार्गमा शंकास्पद बस्तु फेला परेको हो । बिहान प्रेसर कुकर जस्तो देखिने बस्तु स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरीको टोलीले बम भएको हुनसक्ने आशंकामा आर्मीको बिशेषज्ञ टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।त्यस्तै मोरङको सुन्दरहरैंचा–७ ढडियास्थित पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बम भेटिएको छ । राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै उक्त बम फेला परेको हो ।बम भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेको छ । रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेको हो । उक्त कुकरभित्र बिस्फोटक पदार्थ भए नभएको यकिन हुन सकेको छैन । बम कसले राखेको हो भन्ने नखुले पनि सोमबार विप्लव माओवादीले आह्वान गरेकोले बम पनि सोही समुहले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानमा पुगिसकेको जनाइएको छ ।

Related Articles

Back to top button