समाचार

भिषण हावाहुरी दाङमा ठूलो क्षति जनप्रतिनिधि गम्भीर घाइते

काठमाडौँ : भिषण हावाहुरी सँगै परेको पानिले दाङमा ठूलो क्षति पुर्याएको प्रदेश ५ अन्तर्गत तराईका जिल्लासहित आसपासमा आएको भिषण हावाहुरीले लाखौंको क्षति पुर्याएको हो । सामुदायिक स्वास्थ्य चौकी , विद्यालय लगाएत थुप्रै घरको छाना समेत उडाइ नोक्सान पुर्याएको प्रहरीले जनाएको यसैगरी नवलपरासीमा चट्याङ लागेर वडा सदस्यसहित २ जना गम्भीर घाइते भएका छन् । भीषण हावाहुरी र वर्षासँगै परेको चट्याङ लगेर खेतमा काम गरिरहेकी प्रतापपुर गाउँपालिका वडा नम्बर ६ की महिला वडा सदस्य सहिदुन निशा गम्भिर घाइते भएकी हुन् ।शुक्रबार बिहान हावाहुरीसहित भारी वर्षा भएपछि नवलपुरका विद्यालय बन्द गरिएको थियो । हावाहुरी सहितको वर्षाले विद्यालय संचालनमा कठिनाई हुने देखिएपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसी विद्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले जानकारी दिए ।भारतमा आएको फानीको प्रभाव पूर्वी-तराईका क्षेत्रहरुमा देखिने र काठमाडौँलाई समेत प्रभाव पार्न सक्ने भन्दै मौसमविदले सचेत रहन आग्रह गरेका छन् ।प्रकाशित : शुक्रबार, बैशाख २०, २०७६०६:२९काठमाडौँ । चट्याङ पर्दा भारतमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। फानी चक्रवातकाका कारण यस्तो भएको बताईएको छ ।सोनभद्र जिल्लामा एक बालकको मृत्यु भएको छ।यता चंदौली जिल्लाको सहाबगंजमा ४ जनाको ज्यान गएको जिल्ला प्रशासन अधिकारीले जनाएको भारतीय अनलाइन खास खबरले आईएएनएसलाई उद्धृत गर्दै उल्लेख गरेको छ।घाइते पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।सिड्नी – सोलोमोन द्वीपमा शुक्रबार ६।१ म्याग्नीच्यूडको भूकम्प गएको छ । बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी

भौगर्भिक सर्भेले जनाएको छ ।सो भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन । भूकम्पपछि जनधनको क्षतिको पनि कुनै समाचार प्राप्त भएको छैन ।रौतहट । रौतहटको गौर नगरपालिका ५ धरखण्ड चोकको एक स्थानीय पसलमा नक्कली बम
राखेर २० लाख असुल्ने २ जना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा एक नेपाली एक भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।भारत बिहारका प्रेम पासवान र गौर नपा ५ का किशोर रायलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले एक ब्यापारीको पसल अगाडि शंकास्पद बस्तु राखेर २० लाख रुपैयाँ लिएका थिए।२० लाख नदिए बम पड्काउने भन्दै पसललेलाई बाध्य पारेर उनीहरुले २० लाख असुलेका थिए । तर पछि प्रहरीले सो वस्तु नक्कली बम भएको पुष्टि गरेको थियो ।४ थान मोबाइल, नेपाली र भारतीय टेलिकमका सीम बरामदसहित उनीहरु पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहीताको स्फिोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।चितवन। बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव चितवनमा पनि परेको छ । चितवनमा बिहानैदेखि हाबाहुरी चलेको छ भने अन्धकार भएको छ ।भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट आउन लागेको सामुद्रिक आँधी फानीले

पु¥याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै सरकारले त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिसकेको छ ।उक्त आँधी २ सय किलोमिटर प्रति घण्टाको गतिमा आउन सक्ने बताईएको छ । ‘फानी’ नामक यस सामुद्रिक आँधीका कारण शुक्रबार अपराह्नमा हिन्दुहरुको तीर्थस्थल पुरीनजिकै भूस्खलन हुने पनि अनुमान गरिएको छ । हाल बङ्गालको खाडीबाट यस समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको
वेगमा भारतको ओडिसा राज्यतिर बढिरहेको बताइएको छ । फानीले शुक्रवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ । त्यो ओडिसाको तट हुँदै बङ्गलादेशतर्फ लाग्ने बताइएको छ ।नेपालको मौसम पूर्वानुमान महाशाखा ले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बङ्गलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ ।सोही प्रभावले आज शुक्रवारदेखि हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार भारतको ओडिसा तटिय क्षेत्रमा भित्रिने फानीको प्रभाव नेपालमा सोझै नभित्रिए पनि मौसमी उतारचढाव भने रहने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ ।महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘चक्रवात नेपालतर्फ आउने संभावना अहिलेसम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी, मध्य क्षेत्रमा शुक्रवार र शनिवार मौसम केही प्रभावित भई मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ’ । हिमाली भेगमा हल्का हिमपात हुने र आइतवारदेखि मौसममा क्रमिक सुधार आउने बताइएको छ ।

Related Articles

Back to top button