समाचार

सामाजिक सञ्जाल मार्फत कोरोना भाइरसकोअफवाह फैलाउने पक्राउ

Loading...

काठमाडौं। सामाजिक सञ्जाल मार्फत कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृ’त्यु भएको भनेर अफवाह फैलाउने रामेछापका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । कोरोनाका कारण निर्भक अस्पतालमा एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा थापामगरले अडियो सन्देश पोष्ट गरेका छन् ।

नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्दै उनले अडिओ बनाएका थिए। उक्त अडियो म्यासेन्जरमा भाइरल भएपछि प्रहरीको साइबर ब्युरो अनुसन्धानमा जुटेको थियो ।प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले अडियो मेसेज मार्फत राजधानी काठमाडौंको अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिईसकेको भन्ने अफवाह फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा रामेछाप घर भइ हाल भक्तपुर सिपाडोलमा बस्दै आएको युवकलाई प्रक्राउ गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रारम्भिक सोधपुछमा थापामगरेले आफूले संचालन गरेको पेजमा भ्रम र अफवाह फैलाएको स्वीकार गरेका छन् । थापा नेविसंघका नेता समेत रहेका खुलेकाे छ ।तर नर्भिक अस्पताले भने कोरोना संक्रमित भएका कुनै पनि बिरामी अस्पतालमा भर्ना नभएको एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

Loading...

Related Articles

Back to top button
Close
Close