समाचार

न्युयोर्कको स्थीति भयाभह : ११४ को मृत्यु, २२ हजार ७ सय १७ संक्रमित

Loading...

कोरोनाको महामारीका कारण न्युयोर्कको स्थीति भयाभह बनेको छ । आज एकैदिनमा न्युयोर्कमा ५८ को मृत्यु भएपछि मृतकको संख्या ११४ पुगेको छ । आजमात्रै १२ हजार ३ सय ४५ संक्रमित थपिएपछि न्युयोर्कमामात्र संक्रमितको संख्या २२ हजार ७ सय १७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा संक्रमितको संख्या ३८ हजार १ सय ६५ पुगेको छ भने मृतकको संख्या ३ सय ९६ पुगेको छ । न्युयोर्कपछि वासिंटनमा १७९३ र क्यालिफोर्नियामा १५५० मा संक्रमण भएको छ । न्युजर्सीमा १३२७ जनामा संक्रमण पुष्टी भएको छ ।

न्युयोर्कमा टीएसए अफिसरमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा कार्यरत टीएसए अफिसरमा संक्रमण पुष्टी भएको छ । अब अमेरिकाभर संक्रमित टीएसए अफिसर २२ पुगेका छन् ।

Loading...

Related Articles

Back to top button
Close
Close