समाचार

कोरोनाभाइरसको नयाँ लक्षणले वैज्ञानिकको चिन्ता बढायो

Loading...

काठमाडौं। कोरोनाभाइरसको प्रकोप विश्वभर जारी छ । तीव्र रुपमा फैलिने यो संक्रमणको अहिलेसम्म कुनै औषधी बनेको छैन । मानिसहरुलाई विभिन्न सावधानी अपनाउन भनिएको छ । यसका लक्षण आम रुघाखोकीसँग मिल्दोजुल्दो छन् । भाइरोलोजिस्ट हेन्ड्रिक स्ट्रिकका अनुसार कोरोनाभाइरसका कारण ठूलो संख्यामा मानिसहरु मारिने सम्भावना छ । जर्मनीको सार्वजनिक स्वास्थ्य एजेन्सीले यो महामारी २ वर्षसम्म रहन सक्ने चेतावनी दिएको छ । जमैनीमा ७ हजार बढी संक्रमित भइसकेका छन् र ४४ जनाले ज्यान गुमाइसकेका छन् ।

ज्वरो आउनु, घाँटी खसखस हुनु, सुख्खा खोकी लाग्नु र मांशपेशी दुख्नु कोरोनाभाइरसका मुख्य लक्षण हुन् । तर, अब यसका केही नयाँ लक्षण पनि देखिएका छन् जसले वैज्ञानिकहरुको चिन्ता बढाएको डेली एक्सप्रेसले जनाएको छ  । वैज्ञानिकहरुका अनुसार कोरोनाभाइरसका संक्रमितहरुको सुँघ्ने क्षमता यतिसम्म खराब भएको पाइएको छ कि उनीहरु आफ्नो बच्चाको डाइपर पनि सुँघ्न सकिरहेका छैनन् । भाइरोलोजिस्ट स्ट्रिकका अनुसार उनको टिमले लगभग सबै संक्रमितहरुसँग कुरा गरेका थिए । संक्रमितमध्ये २ तिहाइ यस्ता थिए जसले केही दिनदेखि न त कुनै खानेकुराको स्वाद थाहा पाइरहेका थिए न त केही कुरा सुँघ्न सकिरहेका थिए ।

स्ट्रिकले भने ‘यो लक्षण शरीरमा यति बढ्छ कि एक आमा आफ्नो बच्चाको डाइपर सुँघ्न सक्दिनन् । मानिसहरु स्वाम्पूको सुगन्ध र खानाको स्वाद थाहा पाउँदैनन् ।’ स्ट्रिकका अनुसार यी लक्षण संक्रमणपछि कुन स्टेजमा पुग्दा देखिन्छ भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि अहिलेसम्मको अनुसन्धानका आधारमा यी लक्षणहरु संक्रमणको केही बेरमै देखिन थाल्ने अनुमान गरिएको स्ट्रिकले बताएका छन् । पखाला लाग्नु पनि एक अहम लक्षण हुन सक्ने स्ट्रिक बताउँछन् । स्ट्रिकले भने ‘हाम्रो अध्ययनमा कोरोनाभाइरसका ३० प्रतिशत बिरामी पखालाबाट पनि पीडित थिए ।’

Loading...

Related Articles

Back to top button
Close
Close