समाचार

कोरोना संक्रमित २८ वर्षीया महिलाको अनुभव : शरीरमा शैतान हिडिरहेझै लागेको छ

Loading...

एजेन्सी- कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको उमेरका आधारमा युवा उमेरकालाई त्यति खतरा छैन भन्ने विश्लेषण आयो। कोरोनाको संक्रमणबाट मृत्यु भएकाहरुको उमेर समूह हेर्दा १० वर्षदेखि ४९ वर्षसम्मको मृत्युदर कम नै देखिन्छ। तथ्यांकअनुसार १० देखि ३९ वर्षसम्मको उमेर समूहको मृत्युदर शून्य दशमलव २ प्रतिशत छ। ३९ देखि ४९ वर्षको उमेर समूहको मृत्यु दर शून्य दशमलव ४ प्रतिशत छ।

कोरोनाको कहरमा विश्वका अधिकांश देश परिसकेका छन्। संक्रमण फैलिएसँगै यसको चपेटामा पर्ने युवाहरूको संख्या भने बढिरहेको छ। मृत्युदरको आधारमा केही देशका यूवा उमेर समूहकाहरूले सरकारले दिएको निर्देशन अवज्ञा गरेपछ विश्व स्वास्थ्य संगठनले यूवा उमेरका पनि जोखिममा रहेको भन्दै सचेत हुन आग्रह गरेके थियो।

यो बीचमा आएका कोरोना संक्रमितहरूको विवरणले पनि उमेर समूहका आधारमा कोरोनाको प्रभाव आँकलन हुन नसक्ने देखाइरहेको छ। कोरोना संक्रमणमा परेकी बेलायतकी जेमी बागेटको अनुभवले पनि कोरोनाको प्रभाव उमेरका आधारमा मात्र नहुने देखाउँछ नै।

२८ वर्षकी उनको स्वास्थ्यमा कुनै समस्या थिएन। कोरोना भाइरसको संक्रमणमा परेपछि अहिले उनी उपचाररत छन्। छातीमा संक्रमण देखिएर जचाउन गएकी उनमा कोरोनाको संक्रमण देखिएपछि अस्पतालले आइसोलेसन रुममा बसेर उपचार गराइन्। उनी डिस्चार्ज भएर घरमै सेल्फ आइसोलेसनमा बसिरहेकी छिन्।

कोरोना भाइरसको संक्रमणपछिको अनुभव सुनाउँदै उनले द सनलाई भनेकी छिन्, ‘मलाई अहिले मेरो शरीरभित्र शैतान हिडिरहेजस्तै अनुभव भयो।’

उनको अवस्था सुधारोन्मुख हुँदै गएको छ। तर उनको चिन्ता कम भने भएन। अहिले आएर उनको आठ वर्षको छोरामा समेत कोरोनाको संक्रमण देखियो। कोरोना भाइरसको संक्रमण देखिएपछि उनी कतै विदेशमा पनि गइनन्। नयाँ व्यक्तिहरूसँग पनि भेट गरिनन्। भिडभाडबाट टाढै बसिन्। तैपनि उनी कोरोनाको संक्रमणबाट जोगिन सकिनन्। कसरी उनी संक्रमित भइन् आफै छक्क रहिछिन्।

स्वास्थ्यप्रति सचेत उनी नियमित जिम जाने गर्छिन्। खानामा पनि निक्कै सचेत थिइन्। तर जब कोरोना भाइरसको संक्रमणमा परिन् उनको शरीरले बेग्लै प्रतिक्रिया देखाउन थाल्यो। उनलाई दम बढेजस्तै लाग्न थाल्यो। सास फेर्नै कठिन भयो।

सुक्खा खोकी र ज्वरो देखिएपछि उनी जचाउन चिकित्सककोमा पुगिन्। चिकित्सकले उनलाई एन्टिबायोटिक दिएर पठाए। ओखती खाएपछि केही राहत अनुभव गरेपछि उनको खोकी हराएन। फेरि परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण देखियो।

Loading...

Related Articles

Back to top button
Close
Close