समाचार

खुमलटार स्थित रेडियो नेपालको स्टेसन परिसरमा बम

काठमाडौँ — ललितपुर खुमलटारस्थित रेडियो नेपालको स्टेसन परिसरमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम राखेका छन् । स्रोतका अनुसार बम सोमबार बिहानै राखिएको थियो । बिहानै राखिएपनि रातिसम्म बम पड्केको भने छैन । अहिले खुमलटार क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।ललितपुर प्रहरीका प्रवक्ता नारायण चिमोरियाले आफूलाई यसबारे जानकारी नै नभएको बताए भने सातदोबाटो प्रहरी वृत्तका डिएसपी गौतम मिश्रले बम रहेको हल्ला आएपनि आफूहरुले भर्खरै त्यो क्षेत्रमा ‘सर्च’ गरेर आएको प्रतिक्रिया दिए। उनले भने, ‘यहाँ त्यस्तो कुनै वस्तु फेला परेको छैन।’सरकारले भोजपुरमा आफ्नो कार्यकर्ता हत्या गरेको आरोपमा सोमबार चन्द समूहको पार्टीले नेपाल बन्दको आयोजना गरेको थियो। बन्दको क्रममा देशैभरी विभिन्न ठाउँमा बम राखिएको थियो। केही स्थानमा ट्रक तथा बसमा आगजनी गरिएको थियो।प्रहरीले आइतबार र सोमबार साँझसम्म चन्द समूहका १५ कार्यकर्ता पक्राउ गरेको छ।प्रकाशित : जेष्ठ १३, २०७६ २०:०५खुसीको कुरा– यो सिजनमा करिब ६ सय आरोही सर्वोच्च शिखर पुगे । उक्तिकै दुःखको कुरा यही सिजनमा मात्रै सगरमाथालगायत हिमाल आरोहणका क्रममा १६ जनाले ज्यान गुमाए नेपालले आरोहणका लागि ४ सय १४ हिमाल खुला गरेको छ । यीमध्ये ३१ हिमालमा हरेक वर्ष ४ सिजन आरोहण हुन्छ । यो सिजनमा १ सय १६ आरोहण दलका ८ सय ९५ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये ३ सय ८१ जना सगरमाथा गएका थिए । आरोहीहरूको भीड देखिने एउटा तस्बिरले बिहीबार संसारको ध्यान त्यतै तानियो । सर्वोच्च चुम्न चाहनेहरूको उत्साहजनक सहभागिता त देखियो तर आरोहण बिलकुलै व्यवस्थित देखिएन ।

९८ वर्षअघि हर्बट मेलोरीले सगरमाथा आरोहणको पहिलो प्रयास गरेका थिए, सकेनन् । त्यसयता कम्तीमा २० हजार आरोहीले सगरमाथामा पाइला राख्न खोजेकामा ७ हजार हाराहारी मात्रै सफल भए । आरोहण क्रममा कम्तीमा ३ सयले ज्यान गुमाइसके ।सगरमाथा आरोहणको मुख्य चुनौती नै खराब मौसम हो ।सन् २०१२ मा जस्तै यसपटक पनि आरोहीलाई मौसमले साथ दिएन जसले गर्दा समयमै भर्‍याङ र डोरीको सहायताले बाटो बनाउने काम पछाडि धकेलियो । यसको असर बुधबारको आरोहणमा देखा पर्‍यो । अघिल्लो दिन अत्यधिक हावाहुरी चलेका कारण चुचुरोमा जान नसकेका र बुधबार चौथो शिविरबाट हिँडेकाहरू साउथकोलमा एकैपल्ट भीड लागे । त्यो तस्बिरले प्रस्टै भन्छ– यसपटक पनि आरोहण संयोजन र व्यवस्थापनमै कमजोरी देखियो । सरकारी अधिकारी, पर्वतारोहण एजेन्सी र टोली नेताहरूबीचको तालमेल नमिल्दा सगरमाथामा ट्राफिक जाम भयोहरेक वर्ष जेठको पहिलो वा दोस्रो साता मात्रै आरोहणका लागि अनुकूल हुन्छ । नेपाली पर्यटन व्यवसायी यसबारे जानकार नै छन् । पर्यटन विभाग यसको मुख्य भूमिकामा रहन्छ । विभागका कमजोरी यसपल्ट पनि पुनरावृत्त भए । उसले खटाएका सयभन्दा बढी सम्पर्क अधिकृत आधारशिविरमा जति दिन बस्नुपर्ने हो, त्यति बसेनन् । सायद कति त त्यहाँसम्मै पुगेनन्यस्तो समस्या यो सिजनको मात्र होइन, बर्सेनिको हो । अधिकांश सम्पर्क अधिकृत करिब दुई महिनाका लागि खटिएका हुन्छन् । आरोहण सफल भए/नभएको प्रमाणित गर्ने मुख्य जिम्मेवारी भए पनि सम्पर्क अधिकृतको दायित्व यत्तिमै सीमित छैन । हिमालमा हुन सक्ने अवैध गतिविधिमाथि निगरानी गर्ने दायित्व पनि यिनीहरूकै हो । प्रत्येक आरोहण दलबाट २ देखि ४ लाख रुपैयाँ भत्ता पाउने यी सम्पर्क अधिकृतले फोहोर व्यवस्थापनमा कडाइ गर्नेलगायत कामसमेत गर्नुपर्ने हो । तर खासमा उनीहरू काठमाडौंमै गुप्तवास बस्छन् । आधारशिविरसम्म पुगिहाले पनि बिरामी भएको बहानामा फर्किन्छन् ।

सम्पर्क अधिकृतबारे गुनासो उठ्न थालेको आज होइन, वर्षौं भयो । तर, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसलाई गम्भीर विषय ठानेकै छैन । यसै सिजनमा २४ औं पल्ट सगरमाथा आरोहणको कीर्तिमानी बनाएका कामीरिता शेर्पा काठमाडौं विमानस्थलमा ओर्लिनेबित्तिकै रुष्ट भए । त्यहाँको फोहोर र कमजोर व्यवस्थापन देखेर उनी रिसाएका थिसम्पर्क अधिकृत जिम्मेवार नभएकै कारण गत वर्ष सगरमाथा आरोहणै नगरेका एक भारतीय जोडीले आरोहणको प्रमाणपत्र बुझेका थिए । जबसम्म सम्पर्क अधिकृतले हिमाल आरोहणलाई पैसा कमाउने काज भ्रमणका रूपमा मात्र बुझिरहन्छन् तबसम्म आरोहण व्यवस्थित हुनै सक्दैन ।हिमाल आरोहणका लागि अति महत्त्वपूर्ण पक्ष मौसम पूर्वानुमान प्रविधि हो । तर हाम्रा हिमालमा हुन सक्ने आँधीहुरी र हिमपातलगायतबारे पूर्वजानकारी दिने कुनै संयन्त्र नै छैन । ६६ वर्षअघि पहिला आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले २९ मेका दिन सगरमाथा आरोहण गरेको सम्झनामा उक्त दिनलाई सगरमाथा दिवस मनाइने गरिएको भए पनि त्यो औपचारिकतामै मात्र सीमित छ । यस अवधिमा संसारले प्रविधिको क्षेत्रमा कत्रो फड्को मारिसक्यो । हामी भने जहीँको त्यहीँ छौं ।चीनले जस्तो हिमाल आरोहण अनुमतिमा नेपालले कडाइ गर्न सक्दैन । किनकि यो नेपाली पर्यटन व्यवसायीहरूको जीविकोपार्जनदेखि राज्यका लागि विदेशी मुद्रा आर्जनको आधार पनि हो । नेपाली आरोहीले सरदर १० लाख खर्च गर्छन् भने विदेशीले ४० लाखदेखि १ करोड रुपैयाँसम्म खर्चन्छन् । यो सिजनमा मात्रै आरोहीले करिब ५० करोडको रोयल्टी बुझाएका छन् ।यसबाहेक हिमाल नेपाललाई विश्वमा चिनाउने माध्यम पनि हुन् । तर, यसरी नै आरोहण अव्यवस्थित हुने र दुर्घटना बढ्दै जाने हो भने हामीले आफूलाई चिनाउनेभन्दा पनि दुष्प्रचार हुने सम्भावना ज्यादा हुन्छ । सर्वोच्चको सान राख्ने हामी आफैंले हो । त्यस्तो स्थिति आउन नदिन आरोहणमा सक्दो वैज्ञानिक व्यवस्थापन विधि अपनाउनुपर्छ । भरपर्दो मौसम पूर्वानुमान प्रणाली हुनुपर्छ । हिमालमा प्रदूषण नहोस् भन्नेमा चनाखो रहनुपर्छ । सकेसम्म कुनै पनि आरोहीको मृत्यु नहोस् भन्नेमा राज्य पूरै सचेत हुनुपर्छ ।
प्रकाशित : जेष्ठ १३, २०७६ ०८:१४

Related Articles

Back to top button