समाचार

सुनाैलाे सपना बाेकेर काठमाडौं छिरेका प्रज्वल अस्ताए, को हुन प्रज्जवल शाही ?

सुनाैलाे सपना बाेकेर काठमाडौं छिरेका प्रज्वल अस्ताए, को हुन प्रज्जवल शाही ?नेकपाले जेठ १२ गते काठमाडौँमा भएको बम विस्फोटको घटनामा ज्यान गुमाएका दीपेन्द्र, प्रज्वल शाही र भोजपुरमा ज्यान गुमाएका तीर्थ घिमिरे ‘राजु’लाई सहिद घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले सोमबार विज्ञप्ति प्रकाशित गर्दै पाँचै जनालाई सहिद घोषणा गरेका हुन् ।बम विस्फोटबाट ज्यान गुमाएका प्रज्वल शाहीको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ।

को हुन प्रज्जवल शाही ?

दिवगंत प्रज्ज्वल शाहीका बझाङबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका थिए। उनले २ जना साना साना भाइहरु दिवस, विवस र एक बहिनीलाई पनि काठमाडौंमै पढाउन ल्याएका थिए । सिटिइभीटी बाट सम्बन्धन प्राप्त ओम समाज कलेज बाट फार्मेसी सकाएका थिए । उनि कलेज पढ्दा देखी नै बिद्यार्थी राजनीतिमा सक्रिय थिए । पढाइ सकेर केही समय मेडिकल पसल सञ्चालन गरेका उनीमा राजनीति लाइ बुझ्ने र प्रयोग गर्ने कला भरपुर देखिन्थ्यो । तल्लो तह बाट राजनीति सुरु गरेका शाहि अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य थिए। गोरो र उज्यालो अनुहारका प्रज्वल नाम जस्तै उज्याला र हसिला थिए । सबै सग घुलमिल भैहाल्ने स्वाभावका शाहिको मृत्युले धेरै मानिसको मन रुवाएको छ ।

विप्लवले काठमाडौँमा बम विस्फोटको घटनामा कसरी क्षति हुन पुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन रहेको पनि स्पष्ट पारेका छन् । सहादत प्राप्त गर्नेहरूप्रति सिङ्गो पार्टीका तर्फबाट उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् । महासचिव विप्लवले १३ गतेको नेपाल बन्द लगायत आमहडताल सफल पार्नेहरू प्रति धन्यवाद दिएका छन् । विज्ञप्ति Rajaneeti.com बाट

Related Articles

Back to top button