समाचार

मलेसियमा ।नेपाली कामदार चढेको बस दुर्घटना

मलेसियमा आइतबार राति भएको बस दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ भने १२ जना घाइते भएको न्यू स्टार टाइम्समा उल्लेख छ ।४३ जना कामदार बोकेर गइरहेको बस आइतबार राति ११:१० बजे क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलस्थित एमएएस कम्पलेक्स नजिकैको नालामा खस्दा भएको दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा दुई नेपाली, पाँच जना बंगलादेशी र चार जना इन्डोनेसियन नागरिक छन् ।काम सकेर होस्टेलमा फर्किने क्रममा उक्त बस दुर्घटना भएको न्यू स्टार टाइम्समा उल्लेख गरिएको छ । टाइम्सका अनुसार चालकसहित आठ जनाको घटनास्थलमै ज्यान गएको थियो भने दुई जनाको उपचारका क्रममा सेरदाङ र पुटराज्य अस्पतालमा मृत्यु भएको हो ।ज्यान गुमाउने नेपालीमा २८ वर्षीय जगरनाथ सिंह दनुवार र ३७ वर्षीय रामु चौधरी रहेका छन् । ३४ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १२ जना नेपाली छन् ।एजेन्सी । मेक्सीको सिटीबाट जापानका लागि उडेको विमानमा मै एक यात्रुको मृत्यु भएको छ। विमान भित्रै लागुऔषध खाएका कारण उनको मृत्यु भएको पोष्टमार्टम पछिको रिपोर्टमा देखिएको छ। रिपोर्ट अनुसार उनले कोकिनका २४६ वटा प्याकेट निलेको भेटिएको थियो । मेक्सीको बाट उदो एन नाम गरेका मृतकसहित १९९
जना यात्रु बोकेर सो विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो तर विमानभित्रै उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मेक्सिकोको सनोरा राज्यमा विमानको आपत्‌कालीन अवतरण गराउनुपरेको थियो। अत्यधिक लागुऔषधका कारण मस्तिष्कमा उत्पन्न हुने एउटा समस्याका कारण उदो एनको ज्यान गएको अधिकारीहरू बता उछन् । अधिकारीहरुका अनुसार खासमा उनी कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा शुरू गरेका थिए ।
तर उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए।पोष्टमार्टम रिर्पोट : उदो एनले किन र कसरी कोकिनका २४६ प्याकेट निले भन्नेबारे अनुसन्धान भईरहेको मेक्सिकोका सङ्घीय अधिकारीहरूले बताएका छन। पोष्टमार्टममा मृतकको पेटबाट साढे दुई सेन्टिमिटर लम्बाइ र एक सेन्टिमिटर चौडाइ भएका कोकिनका प्याकेटहरू देखिएको छ । एयरमोसिलियो नगरमा विमानलाई आपत्‌कालीन अवतरण गराइए पनि पछि बाँकी १९८ जना यात्री गन्तव्य सम्मको यात्रा गर्न पाएका थिएधरान / धरान १३ जानकी चोकमा सोमबार साँझ हेमचन्द्र लिम्बूले आफ्नै श्रीमतिकाे ढाड र छातीमा छुरा प्रहार प्रहार गरी हत्या गर्न खाेज्दा स्थानिय हरूले लिम्बूलाइ नियन्त्रणमा लिए पश्चात प्रहरीलाइ खबर गरी जिम्मा लगाए । स्थानिय नकी टोल सुधार समितिका सदस्यहरुले लिम्बुलाइ जिम्मा लगाएका हुन् । छुरा प्रहारबाट गम्भीर घाइते बनेकी ३२ बर्षीय ललिता लिम्बूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको प्रहरीले जनाएकाे छ ।लिम्बुले ३२ बर्षीया श्रीमति ललिता लिम्बू पसलमा सामान खरीद गर्न निस्कदा एक्कासी छुरा प्रहार गरेको स्थानियहरूले बताएका छन् । स्थायी घर तेरथुम रहेका लिम्बु श्याम ढकालको घरमा डेरा गरी बसाेबास गर्ने गरेकाे र श्रीमान श्रीमती बिचकाे सम्बन्ध चिसिएपछि उक्त घटना घटेकाे
हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुमान रहेकाे छ ।यी आमा, जसले आफ्नै छोरालाई अचानोमा राखेर दुई टुक्रा पारिन् !जेठ १४, २०७६काठमाडौँ – भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन् ।भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९
पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको

छ ।थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।प्रकाशित : मङ्गलबार, जेठ १४, २०७६०४:३८भद्रपुर, भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताउनुभयो ।उहाँका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकामा थन्किएका हुन् । यही कारण मेची अञ्चलका सबै पेट्र«ोलपम्पहरु बन्द भएका छन् ।चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ । उहाँले मेचीका यी चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको बताउनुभयो ।सूचना अधिकृत पौडेलका अनुसार भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न शुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्याङ्करलाई रोकिराखेको छ ।कम्प्युटर सिस्टमले काम नगरेको भन्दै ट्याङ्कर लामो समयसम्म अड्काएर राखेको हुँदा ‘म्यानुअल सिस्टम’बाट तथ्याङ्क राखेर भए पनि नेपाली ट्याङ्कर छाडिदिन भारतीय भन्सारलाई आग्रह गरिएको पौडेलले बताउनुभयो ।प्रकाशित : मङ्गलबार, जेठ १४, २०७६०४:४०

Related Articles

Back to top button