समाचार

भारतले राेक्याे नाका पेट्राेलियम पदार्थकाे

झापा । भारतमा नरेन्द्र मोदीले दोस्रोपटक प्रधानमन्त्री पदको शपथ लिने तयारी भइरहँदा भारतीय पक्षले नेपालको पूर्वी नाकामा नाकाबन्दीकै झल्काे दिनेगरी इन्धन आयातमा अवरोध गरेको छ ।पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका करिब ७३ ट्याङ्करलाई भारतको पश्चिम बङ्गालस्थित पानीट्याङ्की भन्सारमा ४ दिनदेखि रोकेर राखिएको छ । ट्यांकर नेपाल भित्रन नपाएपछि पूर्वी क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव चुलिएको छ ।भारतले भन्सारमा ‘अनलाइन इन्ट्री सिस्टम’ सुरु गरेको भन्दै शुक्रबारदेखि ठूलो मात्रा नेपालका लागि लोड भई आएका ट्यांकर रोकेको नेपाल आयल निगम चारआली कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार अनलाइन सिस्टममै समस्या आएकाले भन्सार इन्ट्री नपाएर नाकामै ट्यांकर रोकिएका हुन् ।नाकामा मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर रोकिएको बताइएको छ । ४ दिनदेखि ट्यांकर भित्रिन नपाएपछि पूृर्वका
झापा, इलाम, पाँचथर र ताप्लेजुङ लगायत जिल्लामा पेट्रोलियम पदार्थको अभाव चुलिएको छ । पेट्रोल तथा डिजल नभएर यहाँका अधिकांश पम्पहरु बन्द

भएका छन् । मेचीका यी चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गर्छ ।समस्या समाधानका लागि भारतीय
पक्षसँग आग्रह गरिएको निगमको चारआली कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले अनलाइनमा समस्या भए म्यानुअल सिस्टमबाट भए पनि भन्सार इन्ट्री दिन अनुराेध गरेकाे बताए ।विराटनगर । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्ताम ल्याउन नखोजिरहेको आरोप लगाएका छन् । मंगलबार प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले विप्लवलाई वार्तामा ल्याउन कुनै पहल नगरेको आरोप लगाएका हुन् ।‘१० वर्षे सशस्त्र युद्धको दर्दनाक अवस्थाबाट बल्लतल्ल मुक्ति पाएका नेपालीले अब कुनै किसिमको हिंसा सहन सक्दैन । तर सरकार किन विप्लव समूहलाई सहमतिमा ल्याउन खोजिरहेको छैन्’ उनको भनाइ थियो ।विप्लव समूहले नयाँ ढंगले हिंसा र आतंक सुरु गरेको बताउँदै सरकारले वार्ता गर्नु वरुरी रहेको र घटना भइसकेपछि प्रतिक्रिया दिनुभन्दा वार्ताका लागि सरकारले पहल गर्न सरकारलाई सुझावसमेत दिएका छन्। उनले एक वर्षमा सरकारले कुनै प्रगति हासिल गर्न नसकेको दाबी गरे। त्यस्तै नेता सिटौलले संंवैधानिक व्यवस्थाहरुलाई मजदुब बनाउने बाटोमा सरकार हिँड्न नसकेको जिकिर गरे।

Related Articles

Back to top button