समाचार

बीना मगरका पूर्वपतीसहित तीन जनाले विप्लव समूह छाडे

काठमाडाैँ, १४ जेठ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीसहित तीनजनाले आत्मसमर्पण गरेका छन्।मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुर्दशन’सँगै पक्राउ परेका उनीहरुले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।ललितपुर जिल्ला अदालतले साधारण तारेखमा छाडे लगत्तै अधिकारीसहित संजिव कार्की र देवराज घिमिरेले विप्लव नेकपा पार्टी परित्यागसहित हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिका लागि आत्मसमर्पण गरेको प्रशासनले जनाएको छ।शंकर अधिकारी खानेपानी मन्त्री बीना मगरका पूर्वपती हुन् । अधिकारी तत्कालीन एमाओवादीको काठमाडौँ जिल्ला नेता हुँद पार्टी विभाजनसँगै उनी बैद्य समूह र त्यसपछि विप्लव समूहमा पुगेका थिए ।झापा । भारतमा नरेन्द्र मोदीले दोस्रोपटक प्रधानमन्त्री पदको शपथ लिने तयारी भइरहँदा भारतीय पक्षले नेपालको पूर्वी नाकामा नाकाबन्दीकै झल्काे दिनेगरी इन्धन आयातमा अवरोध गरेको छ ।पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका करिब ७३ ट्याङ्करलाई भारतको पश्चिम बङ्गालस्थित

पानीट्याङ्की भन्सारमा ४ दिनदेखि रोकेर राखिएको छ । ट्यांकर नेपाल भित्रन नपाएपछि पूर्वी क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव चुलिएको छ ।भारतले भन्सारमा ‘अनलाइन इन्ट्री सिस्टम’ सुरु गरेको भन्दै शुक्रबारदेखि ठूलो मात्रा नेपालका लागि लोड भई आएका ट्यांकर रोकेको नेपाल आयल निगम चारआली कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार अनलाइन सिस्टममै समस्या आएकाले भन्सार इन्ट्री नपाएर नाकामै ट्यांकर रोकिएका हुन् ।नाकामा मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर रोकिएको बताइएको छ । ४ दिनदेखि ट्यांकर भित्रिन नपाएपछि पूृर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ लगायत जिल्लामा पेट्रोलियम पदार्थको अभाव चुलिएको छ । पेट्रोल तथा डिजल नभएर यहाँका अधिकांश पम्पहरु बन्द भएका छन् । मेचीका यी चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गर्छ ।समस्या समाधानका लागि भारतीय पक्षसँग आग्रह गरिएको निगमको चारआली कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले अनलाइनमा समस्या भए म्यानुअल सिस्टमबाट भए पनि भन्सार इन्ट्री दिन अनुराेध गरेकाे बताए ।

Related Articles

Back to top button