भिडियो

वर्तमान सरकारमा प्रधानमन्त्री केपी शर्मा ओली फेरिन सक्छन्

हेर्नुहाेस् भिडियो काठमाडाैँ, १४ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गाैतले प्रधानमन्त्री प्रधानमन्त्री फेरिन सक्ने संकेत गरेका छन् ।एउटा नीजि टेलिभिजनलाई सोमबार राति दिएको अन्तर्वातामा उनले वर्तमान सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व फेरिन सक्ने बताएका हुन् ।सरकार नफेरिने तर, प्रधानमन्त्री भने फेरिन सक्ने उनले संकेत गरे । पार्टी एकताको भावनालाई मध्यनजर गर्दै सरकार गठनको अढाई वर्षमा अर्काे प्रधानमन्त्री फेरिने बताएका हुन् ।सरकार परिवर्तन हुँदैन, एउटा राजनीतिक विचारधारा हटेपछि अर्काे विचारधाराले सरकारको नेतृत्व गर्न पुग्दा सरकार परिवर्तन मान्न सकिन्छ । तर, यहाँ बिचारधारा एउटै छ । सरकार परिवर्तन हुँदैन तर, प्रधानमन्त्री पद परिवर्तन हुन सक्छ’, गौतमले भने ।गौतमले प्रधानमन्त्री एउटा भएपनि मन्त्रीहरु फेरिएजस्तै प्रधानमन्त्री पनि फेरिन सक्ने बताए । प्रधानमन्त्री फेरिदैमा सरकार फेरिएको मान्न नसकिने बताए ।उनले वर्तमान सरकार स्वच्छाचारी भएको भने स्वीकार गरेका छन् । ‘मैले वर्तमान सरकार स्वच्छाचारी भयो भनेर पार्टी स्थायी कमिटीमा लिखितरुपमै धारणा राखे’, उनले भने, ‘यहाँ सामुहिक निर्णय हुँदैन, ब्यक्ति केन्द्रीत हुन्छ ।’साथै, गाैतमले पार्टी र सरकार चलाउने जिम्मा अध्यक्ष ओलीकै हातमा बढि भएकाले समस्या भएकाे टिप्पणी गरे । उनले एउटा अध्यक्षले सरकार र अर्कोले पार्टी चलाउने अवराधाणामा दुई अध्यक्षात्मक प्रणाली अबलम्वन गरिएको भएपनि अहिले प्रचण्डको भूमिका अर्का अध्यक्ष ओलीको सहयाेगी जस्तो मात्र भएको उल्लेख गरे ।
हेर्नुहाेस् भिडियो

Related Articles

Back to top button