समाचार

शिकार गर्न ट्रान्सफरमर चढेको चितुवाको मृत्यु

काठमाडौँमा शिकार गर्न ट्रान्सफरमर चढेको चितुवाको मृत्यु जेठ १४,काठमाडौँ : मंगलवार काठमाडौँको कागेश्वरी मनहरा नगरापलिकामा एक चितुवा ट्रान्सफरमरमा मृत फेला परेको छ ।नगरपालिकाको वडा नं.१ स्थित गागलफेदि गाउँमा रहेको विद्युत् ट्रान्सफरमरमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले लोपोन्मुख जनावरको सूचीमा राखेको एक वर्ष उमेरको पोथी चितुवा मृत भेटिएको हो ।ट्रान्सफरमर होचो स्थानमा राखिएको कारण त्यहाँसम्म गएको चितुवालाई करेन्ट लगेर मृत्यु भएको जिल्ला वन कार्यालयले जनाएको छ ।केहि दिनदेखि सो स्थानमा देखिएको चितुवा ट्रान्सफरमरमा रहेको चराको गुडमा चढेर शिकार गर्न खोज्दा करेन्ट लगेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमन छ ।मृत चितुवा वन कार्यालयको टोलीले मुचुल्का तयार गरि गोकर्ण जंगलमा खाल्डो खानी गाडेको बताइएको प्रकाशित : मङ्गलबार, जेठ १४, २०७६१२:१२सालोलाई ढुंगाले हानेर आफ्नै भिनाजुले गरे हत्या !काठमाडौँ : मंगलबार बिहान कास्कीमा ढुंगा प्रहार गरि एकजनाको हत्या भएको छ ।कास्कीको माछापुच्छ्रे गाउँपालिका-७, ओखरबोटका ६५ वर्षीय सन्ते विकले आफ्नै सालोमाथि ढुंगा प्रहार गरि हत्या गरेका हुन् ।बिहान करिब १० बजेको समयमा नातिनीलाई विद्यालय पुर्याएर फर्किने क्रममा मानकाजी विकमाथि ढुंगा प्रहर गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी रवीन्द्रमान गुरुङले जानकरी दिउनका अनुसार नाताले साला-भिनाजु पर्ने उनीहरुबीच पहिले

देखिनै सामान्य विवाद हुने गरेकोमा सन्तेले आज बाटोमा ढुकेर ढुंगा हान्दा ५२ वर्षीय गोरेको मृत्यु भएको हो ।मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल राखिएको छ भने प्रहरीले अरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । श्रीमती ३९ वर्षीय मङ्गला कुमाल ले ढुङ्गा प्रहार गरी सोमबार ४० वर्षीय लोकबहादुर कुमालको हत्या गरेकी हुन् ।श्रीमती ले ढुङ्गाले हानेपछि घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको थियो । तर त्यहाँ पुग्न लगत्तै उनको मृत्यु भएको हो अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई ससुरालीमा आएका बखत श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको ज्यान गएको प्रहरीले जनाएको छ । मङ्गला प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।यो पनि पढ्नुसकाठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता शंकर अधिकारीले जिल्ला प्रशासन कार्यालय ललितपुरमा आत्मसमर्पण गरेका छन् । अधिकारी नेकपाका रौतहट जिल्‍ला इञ्चार्ज हुन् ।उनले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा आत्मसमर्पण गरेका हुन् । ललितपुरको नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको बम काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जनाले नै विप्लव नेकपा परित्याग गरेका छन् । उनीहरुले आफू सामान्य नागरिक भएर जिउने बताएका छन् ।उहाँहरुले आइतबार आफैं आएर आत्मसमर्पण गर्नुभयो’, ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए। अधिकारीसँगै देवराज घिमिरे र सन्दीप कार्कीले पनि आत्मसर्पण गरेका छन् ।उनी गत शुक्रबार मात्र संगठित अपराध मुद्दामा धरौटीमा छुटेका थिए । ललितपुर जिल्ला अदालतको आदेशमा उनी धरौटीमा रिहा भएका थिए । धरौटीमा छुटेलगत्तै अर्को मुद्दामा उनले आत्मसमर्पण गरेका हुन् ।प्रहरीले चैत ९ गते काभ्रेपलाञ्चोकमा घेरा हालेर नेता हेमन्तप्रकाश ओलीसहित आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमध्येका एक अधिकारी थिए । अधिकारी बाहलवाला खानेपानी मन्त्री बिना मगरका पूर्वपति हुन् ।

Related Articles

Back to top button