समाचार

यी हुन क्रुर आमा, जसले आफ्नै २२ महिने छोरालाई काटेर टुक्रा पारिन

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका ९ पानी ट्याङकीमा आफ्नै नाबालक छोराको हत्या गर्ने आमालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रामप्रसाद राई गाउँपालिका-८ घर भई पानी ट्याङकी स्थित आरती श्रेष्‍ठको घरमा डेरा गरि बस्दै आईरहेकी वर्ष २६ की सम्झना थापालाई पक्राउ गरेको हो ।थापाले २२ महिनाको आफ्नै छोरा सम्बोधन थापालाई धारिलो हतियार खुकुरीले घाँटी काटेर डेरा नजिक फालेको अवस्थामा शव फेला परेको थियो ।घटना सम्बन्धमा आज बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय भोजपुरमा खबर पाउनासाथ तत्काल खटिएको प्रहरी टोलीले निज सम्झना थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ भने घटनास्थलबाट प्रहरीले १ थान खुकुरी र १ थान अचानो समेत बरामद गरेको छ ।यो पनि पढ्नुहोस, श्रीमान श्रीमती दुबैले पिए मदिरा, त्यसपछि ढुंगाले हानेर श्रीमतीको हत्यादुल्लु । मदिराको झोकमा आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा दैलेख नौमूले गाउँपालिका-४ का ५१ बर्षीया शेर बहादुर पुन रहेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुर प्रसाद पोखरेलका अनुसार कात्तिक २ गते राती शेर बहादुर पुनले आफ्नै श्रीमती ५३ वर्षीया शान्ति पुनको हत्या गरेका हुन्।दशैको टिकाको दिन विहानै देखि श्रीमान् श्रीमती दुवैले मदिरा सेवन गरेको र छिमेकीको घरमा गएर मदिरा सेवन गरी साँझ घर फर्कने क्रममा बाटोमै दुबैजना बीच झगडा भएको र त्यहीक्रममा ढुंगाले हानेर श्रीमतीको हत्या

गरेको पुनले स्वीकार गरेको प्रहरी नायव उपरक्षीक पोखरेलले बताए।उनका अनुसार छमेकीको घरमा श्रीमान श्रीमती र छोरा संगै गएको र साँझ परेपछि छोरालाई छिमेकीको घरमा सुताएर आफुहरु घर फिर्ता हुने क्रममा झगडा भएको पक्राउ परेका पुनले बताए। उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिसालोलाई ढुंगाले हानेर आफ्नै भिनाजुले गरे हत्या !काठमाडौँ : मंगलबार बिहान कास्कीमा ढुंगा प्रहार गरि एकजनाको हत्या भएको छ ।कास्कीको माछापुच्छ्रे गाउँपालिका-७, ओखरबोटका ६५ वर्षीय सन्ते विकले आफ्नै सालोमाथि ढुंगा प्रहार गरि हत्या गरेका हुन् ।बिहान करिब १० बजेको समयमा नातिनीलाई विद्यालय पुर्याएर फर्किने क्रममा मानकाजी विकमाथि ढुंगा प्रहर गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी रवीन्द्रमान गुरुङले जानकरी दिउनका अनुसार नाताले साला-भिनाजु पर्ने उनीहरुबीच पहिले देखिनै सामान्य विवाद हुने गरेकोमा सन्तेले आज बाटोमा ढुकेर ढुंगा हान्दा ५२ वर्षीय गोरेको मृत्यु भएको हो ।मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल राखिएको छ भने प्रहरीले अरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा श्रीमतीले श्रीमानको
हत्या गरेकी छन् । श्रीमती ३९ वर्षीय मङ्गला कुमाल ले ढुङ्गा प्रहार गरी सोमबार ४० वर्षीय लोकबहादुर कुमालको हत्या गरेकी हुन् ।श्रीमती ले ढुङ्गाले

हानेपछि घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको थियो । तर त्यहाँ पुग्न लगत्तै उनको मृत्यु भएको हो अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई ससुरालीमा आएका बखत श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको ज्यान गएको प्रहरीले जनाएको छ । मङ्गला प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।यो पनि पढ्नुसकाठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता शंकर अधिकारीले जिल्ला प्रशासन कार्यालय ललितपुरमा आत्मसमर्पण गरेका छन् । अधिकारी नेकपाका रौतहट जिल्‍ला इञ्चार्ज हुन् ।उनले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा आत्मसमर्पण गरेका हुन् । ललितपुरको नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको बम काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जनाले नै विप्लव नेकपा परित्याग गरेका छन् । उनीहरुले आफू सामान्य नागरिक भएर जिउने बताएका छन् ।उहाँहरुले आइतबार आफैं आएर आत्मसमर्पण गर्नुभयो’, ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए। अधिकारीसँगै देवराज घिमिरे र सन्दीप कार्कीले पनि आत्मसर्पण गरेका छन् ।उनी गत शुक्रबार मात्र संगठित अपराध मुद्दामा धरौटीमा छुटेका थिए । ललितपुर जिल्ला अदालतको आदेशमा उनी धरौटीमा रिहा भएका थिए । धरौटीमा छुटेलगत्तै अर्को मुद्दामा उनले आत्मसमर्पण गरेका हुन् ।प्रहरीले चैत ९ गते काभ्रेपलाञ्चोकमा घेरा हालेर नेता हेमन्तप्रकाश ओलीसहित आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमध्येका एक अधिकारी थिए । अधिकारी बाहलवाला खानेपानी मन्त्री बिना मगरका पूर्वपति हुन् ।

Related Articles

Back to top button