समाचार

मन्त्री लाई लक्षित गर्दै बम विस्फोट

कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गर्दै विप्लव समूहका कार्यकर्ताले बम विस्फोट गराएको छ ।कालिकोट जिल्लाको पलाँता गाउँपालिका–९ थिर्पुमा आयोजना गरिएको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सव उद्घाटन गरी फर्किने क्रममा मुख्यमन्त्रीलाई नै लक्षित गरी विप्लव समूहका कार्यकर्ताहरुले बम विस्फोट गराएका हुन् ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल सहितको टोली पलाँता गाउँपालिका केन्द्रमा जिल्लास्तरीय ११औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सवलाई उद्घाटन गरी हेलिप्याड स्थलमा जाने क्रममा कार्यक्रम स्थलबाट करिब डेढ किलोमिटर दूरीमा विस्फोट भएका हो ।कार्यक्रम स्थलबाट बिस्फोट भएपछि धुँवा उडेको देखेपछि कार्यक्रममा सहभागीहरु आत्तिएका थिए । कडा सुरक्षाका बीच मुख्यमन्त्री शाही, सामाजिक विकास मन्त्री रावल लगायत टोलीलाई हेलिप्याड स्थलबाट पठाइएको हो ।गणतन्त्र दिवसकै अवसरमा कालिकोटको महावै गाउँपालिका, जिल्ला सदरमुकाम र पलाँता खेलकुद तथा पर्यटन महोत्सव, जिल्लास्तरीय ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता, रेडियो पलाँता आवाज र सहिद स्मृति भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कालिकोटको विकट क्षत्रका रुपमा चिनिएको पलाँता अब फेरिएको उद्घोष गरेका थिए । विप्लव समूहलाई लक्षित गर्दै उनले दुई÷चारजनाले तर्साउँदैमा द्वन्द्व निम्त्याउन नसक्ने टिप्पणी गरेका थिए ।शिखर चिमौरियादुई शिक्षकमाथि बलात्कार आरोप : एकजना पक्राउ, अर्का शिक्षक

फरारकाभ्रे : बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सोही घटनाका अर्का अभियुक्त शिक्षक फरार छन् ।महाभारत गाउँपालिका–२ मा अवस्थित कालिदेवी प्राथमिक विद्यालयका शिक्षकद्वय रामेश्वर राम र रामजी दासले आफ्नै विद्यार्थीलाई बलात्कारको प्रयास गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले रामेश्वर रामलाई पक्राउ गरेको हो । अर्का शिक्षक रामजी दास फरार भएका हुन् ।जेठ ९ गते माहाभारत गाउँपालिका–८ घर्तिछापमा भएको अध्यक्ष रनिङ सिल्ड प्रतियोगितामा भाग लिन आएका विद्यार्थीहरुमाथि शिक्षकहरूले अनैतिक तथा अभद्र व्यवहार गरेको भन्दै पीडित विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दिएका थिए ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दीपक रायका अनुसार कार्यक्रम सम्पन्न गरी घर फर्कने क्रममा बास बसेकै ठाउँमा ती शिक्षकले ४ जना छात्रामध्ये एक छात्रालाई बलात्कारको प्रयास गरेको भन्दै उजुरी आइतबार पीडित विद्यार्थीसहित अविभावकले जाहेरी दिएका थिए ।पक्राउ परेका शिक्षक रामेश्वर रामलाई बाल यौन दुरुपयोग आरोपमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको रायले बताए । फरार शिक्षक रामजी दासको खोजी भइरहेको पनि उनले बताए ।विदार्थीहरूलाई यौन दुव्र्यवहार गरेको भन्दै विद्यालय व्यवस्थापन समितिको बैठक बसी शिक्षकद्वय रामेश्वर राम र रामजी दासलाई बर्खास्त गरेको प्रधानाध्यापक सुनील सारुले बताएका छन् । पक्राउ परेका शिक्षक रामेश्वर राम चक्रघट गाउँपालिका–७, सर्लाहीका हुन् ।

Related Articles

Back to top button