समाचार

पृथ्वीराज मार्गअन्तर्गत मुग्लिनको सडक बन्द

मुग्लिन, पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ ।चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरी जनाएको हो ।योजनाका अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिनेछ । विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै समय थप मागेको थियो ।थपिएको समय यही जेठ मसान्तमा सकिँदैछ । एक सय ६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ ।मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्कब्रिज पूरा भएपछि दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो ।पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो ।प्रकाशित : बुधबार, जेठ १५, २०७६०६:३०युवतीहरु सुत्ने समयमा सोच्ने गर्छन् यी अचम्म लाग्ने कुराहरु ! हेर्नुहोस् केहि रोचक तथ्य !जेठ १७, २०७५राति सुत्ने समयमा हरेक
व्यक्तिको दिमागमा हरेक कुरा खेलिरहेको हुन्छ। पुरुषको दिमागमा खेल्ने कुरा र महिलाको दिमागमा खेल्ने कुरामा भने धेरै भिन्नता रहने गर्छ। राति सुत्ने
समयमा दिमागमा भिन्न-भिन्न प्रकारका कुरा खेल्नुलाई कसैले पनि नकार्न सक्दैन । महिलाहरु अथवा युवतीहरु राति सुत्ने समयमा के सोच्ने गर्छन् त ?

हेर्नुहोस्:सुत्नु भन्दा पहिला युवतीहरु आफ्नो सुन्दरताको बारेमा सोच्ने गर्छन्। सुन्दरतामा केहि कमि त भएन भन्ने चिन्ता युवतीहरुलाई प्राय हुने गर्छ। युवतीहरु सुत्ने समयमा दीउसो भएका सम्पूर्ण घटनाक्रमका बारेमा समेत सोच्ने गरेका छन्। कसैले आफुलाई नोटिस गर्यो कि गरेन भन्ने विषयमा समेत युवतीहरु एक पटक बेलुका सोच्ने गर्छन्। यदि कोहि युवती प्रेम सम्बन्धमा रहेको अवस्थामहने बेलुका सुत्ने समयमा आफ्नो परेको बारेमा गहिरो रुपमा सोचेर मात्रै सुत्ने गर्छन्।युवतीहरु प्राय बेलुका सुत्ने समयमा धेरै प्रकारका कुराहरु सुचेरा मात्रै सुत्ने गर्छन्। यदि कोहि युवकले प्रेम प्रस्ताव राखेमा पनि युवतीहरुले बेलुका सुत्ने समयमा धेरै गहिरिएर सोच्ने गर्नेका हुन्छन्। यदि कोहि युवतीलाई कोहि युवक मन पर्ने गर्छ भने बेलुका सुत्ने समयमा त्यस युवकलाई जरुर सोचेर मात्रै निदाउने गर्छन्। अचम्म लाग्ने तथ्य,युवतीहरु सुत्ने समयमा कस्तो कपडा लगाउने भन्ने विषयमा पनि धेरै सोच्ने गर्छन्। साथै भोलिको दिन पनि के कपडा लगाउने भन्ने विषयले युवतीहरुलाई राति धेरै सताउने गर्छ।हरेक ठाउँमा कस्तो रुपले प्रस्तुत हुने भन्ने विषयले हरेक युवतीहरुलाई रातको समयमा धेरैनै सताउने गरेको हुन्छ। आफु अरु भन्दा फरक देखिने विषयमा युवतीहरु धेरै चिन्तित रहने हुँदा राति सुत्ने समयमा धेरै सोच्ने गर्छन्। साथै सुत्ने समयमा युवतीहरुले समाजका बारेमा पनिसोचने गरेको अनुसन्धानमा खुलेको छ। समाजमा आफुलाई कस्तो नजरमा हेरिने गरिन्छ भन्ने सोचेर युवतीहरु तनावमा रहने गर्छन्। साथै हरेक युवतीले आफ्नो सपनामा सपनाको राजकुमार देखियोस भन्ने सोचेर मात्रै निदाउने गर्छन्।
प्रकाशित : बिहिबार, जेठ १७, २०७५०३:५१

Related Articles

Back to top button