समाचार

काठमाण्डौमा लगायत बिभिन्न स्थान मा भारि असिना पानी , सडकहरु जलमग्न सवारीसाधनमा क्षति

काठमाण्डौ : अहिले काठमाडौं उपत्यका लगायत बिभिन्न स्थान हरुमा भारि वर्षा भइरहेको छ । काठमाण्डौमा गड्याङगुडुङ सहित भारि बर्षा भएको हो ।अपरान्ह साढे चार बजेदेखि काठमाडौंको बिभिन्न भागमा असिना पानी बर्षा भएको हो ।काठमान्डौमा परेको भारि वर्षाले राजधानीका केहि सडकहरु जलमग्न भएका छन् । वर्षा काठमान्डौ भक्तपुर ललितपुर लगायत देशका बिभिन्न स्थानहरुमा भैरहेको छ ।सामान्यत:जेठ वैशाखमा हावाहुरीसहित साँझपख हल्का वर्षा हुने भए पनि बुधबार दिउँसो बर्खामा जस्तै पानी परेको छ। पानीसँगै केहीबेर असिना पनि परेको छ।मौसम पूर्वानुमान महाशाखामा मौसमविद् मीनकुमार अर्यालका अनुसार राजधानीको दक्षिणी क्षेत्रमा बढी पानी परेको छ। पश्चिमतिर पोखरा र पूर्वी पहाडमा पनि वर्षा भएको उनले जानकारी दिए।‘स्थानीय

प्रणालीका कारण पानी परेको हो।आधा-एक घन्टामै बादल हट्छ,’ अर्यालले भने। साढे चार बजेदेखि काठमाडौंको बिभिन्न भागमा असिना पानी बर्षा भएको थियो भने अहिले पानी रही सकेको छ। काठमान्डौमा साँझपख परेको भारि वर्षाले सडकहरु जलमग्न भएपछी यात्रुहरु प्रभाबित बनेका थिए।काठमाडौं । बुधबार बेलुका थापाथली चोक नजिकै रुख ढलेपछि केहीबेर सडक अवरुद्ध भएको छ ।बुधबार बेलुकी आएको हावाहुरीले चोकमै रहेको रुख ढल्दा २ वटा सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।बी एए २९०१ इम्बोस्ड नम्बरको गाडीमा भने अरु गाडीको तुलनामा धेरै क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।ढलेको रुखले सवारी साधन आवतजावतमा समस्या गरेपछि प्रहरीले बाटो छेकेको रुख पन्छाएर सडक सुचारु गराएका थिए ।

Related Articles

Back to top button