समाचार

काठमाडौंका लागि उडेका पाँच जहाज आपतकालिन अवतरण

भैरहवा : देशभरका विभिन्न स्थानबाट काठमाडौंका लागि उडान भरेका भरेका जहाजहरु भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा अवतरण भएका छन् । काठमाडौंको मौसम खराबीका कारण ती जहाज भैरहवामा आपतकालिन अव तरण गरिएका हुन् । काठमाडाैंमा बुधबार दिउसाे अचानक भारी वर्षा भएकाे छ ।काठमाडौंका लागि भैरहवा विमानस्थलबाट उडान भरेका दुई वटा, भद्रपुर विमानस्थलबाट उडेका दुई, र जनकपुरबाट एउटा गर पाँचवटा जहाज भैरहवा विमानस्थलमा अवतरण भएको प्रहरीले जनाएको छ । भैरहवा विमानस्थलका प्रमुखले भने विमानको आपतका लिन अवतरणबारे सूचना दिन मानेनन् । विमानको आपतकालिन अवतरणपछि यात्रुहरु विमानस्थल क्षेत्रमा यत्रतत्र छरिएर बसेका छन् ।विमानस्थलले यात्रु व्यवस्थापन गर्न नसकेको यात्रुहरुको गुनासो छ । धावनमार्गको निर्माण सम्पन्न भएस“गै आपतकालीन र परीक्षण उडान गर्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । धावमार्गको निर्माणको जिम्मा चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभि एसनले पाएको थियोकाठमाण्डौ : अहिले काठमाडौं उपत्यका लगायत बिभिन्न स्थान हरुमा भारि वर्षा भइरहेको छ ।

काठमाण्डौमा गड्याङगुडुङ सहित भारि बर्षा भएको हो ।अपरान्ह साढे चार बजेदेखि काठमाडौंको बिभिन्न भागमा असिना पानी बर्षा भएको हो ।काठमान्डौमा परेको भारि वर्षाले राजधानीका केहि सडकहरु जलमग्न भएका छन् । वर्षा काठमान्डौ भक्तपुर ललितपुर लगायत देशका बिभिन्न स्थानहरुमा भैरहेको छ ।सामान्यत:जेठ वैशाखमा हावाहुरीसहित साँझपख हल्का वर्षा हुने भए पनि बुधबार दिउँसो बर्खामा जस्तै पानी परेको छ। पानीसँगै केहीबेर असिना पनि परेको छ।मौसम पूर्वानुमान महाशाखामा मौसमविद् मीनकुमार अर्यालका अनुसार राजधानीको दक्षिणी क्षेत्रमा बढी पानी परेको छ। पश्चिमतिर पोखरा र पूर्वी पहाडमा पनि वर्षा भएको उनले जानकारी दिए।‘स्थानीय प्रणालीका कारण पानी परेको हो।आधा-एक घन्टामै बादल हट्छ,’ अर्यालले भने। साढे चार बजेदेखि काठमाडौंको बिभिन्न भागमा असिना पानी बर्षा भएको थियो भने अहिले पानी रही सकेको छ। काठमान्डौमा साँझपख परेको भारि वर्षाले सडकहरु जलमग्न भएपछी यात्रुहरु प्रभाबित बनेका थिए।

Related Articles

Back to top button