अन्तर्राष्ट्रिय

यौन उत्पीडनको उजुरी गर्ने ।१९ वर्षीया किशोरीको जिउँदै जलाएर हत्या

एजेन्सी । बंगलादेशमा यौन उत्पीडनको उजुरी गर्ने एक किशोरीको हत्या गरिएको थियो । १६ जनामाथि उनको हत्या गरेको आरोपमा लागेको छ ।१९ वर्षीया नुसरत जहाँ रफीले यौन उत्पीडनको उजुरी दर्ता गरेको ६ दिनपछि उनको हत्या गरिएको थियो । इस्लामिक मदरसे विद्यालयको छतमा मट्टितेल छर्किएर उनीमाथि आगो लगाइएको थियो ।विद्यालयका प्रधानाध्यपक सिराज उड दउला पनि ती किशोरीको हत्या आरोपमा मुछिएका छन् । प्रहरीका अनुसार, प्रधानाध्यापकले ती किशोरीलाई यौन उत्पीडनको उजुरी फिर्ता गर्न र उजुरी फिर्ता नगरे हत्या गर्ने आदेश दिएका थिए ।उनीहरुले भने त्यो हत्याको तयारीलाई ‘सैन्य योजना’ को रुपमा व्याख्या गरेका छन् । यो विषयलाई लिएर अहिले बंगलादेशमा विरोध प्रदर्शन भैरहेको र यौन उत्पीडन र उत्पीडनको कमजोरीलाई पनि प्रस्ट पारेको छ ।पीडित रफीले प्रधानाध्यपकविरुद्ध गत मार्चमा प्रहरीमा उजुरी गरेपछि उनलाई गिरफ्तार गरिएको थियो । गएको अप्रिल ६ मा ती किशोरी अन्तिम परीक्षाको दिन कक्षामा बसेकी थिइन् तर अनुहार ढाकेर आएका एक समूहले उनलाई बलजफ्ती विद्यालयको छतमा लगेका थिए ।प्रहरीले भनेको छ, ‘यसलाई आत्महत्या बनाउने योजना बनाइएको थियो ।’ शरीरको ८० प्रतिशत भाग जलेकी किशोरीको गएको अप्रिलमा मृत्यु हुनु अघि उनले प्रहरीसमक्ष बयान दिएकी थिइन् ।राजधानी ढाकाबाट १ सय किलोमिटर बाहिर एक छोटो शहर फेनीमा प्रहरीले ती १६ आरोपितविरुद्ध हत्याको आरोप लगाएको छ । आरोप लाग्नेहरुमा छात्र र विद्यालयको प्रमुख पदमा रहेका अवामी पार्टीका दुई जना स्थानीय नेता पनि रहेका छन् ।जाँचकर्ताहरुले सबै संदिग्ध आरोपीहरुलाई मृत्युदण्डको सजाय दिन आह्वान गरेका छन् । प्रहरीका अनुसार, विद्यालयका प्रधानाध्यापकले अदालतमा ती किशोरीको हत्या गर्न आदेश दिएको बताएका थिए ।आरोपितमध्ये १२ जनाले ती युवतीले दिएको बयान स्वीकारेका छन् । तर ती दुई स्थानीय नेता भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको बताइरहेका छन् ।१९ वर्षीया किशोरीको हत्यालाई लिएर बंगलादेशी प्रधानमन्त्री शेख हसीनाले हत्यामा संलग्न सबै व्यक्तिलाई न्याय दिलाएरै छाड्ने प्रतिज्ञा गरेकी छिन् । ‘घटनामा मुछिने कसैलाई पनि छोडिने छैन,’ उनले भनिन् ।

घटना के भएको थियो ?

गएको मार्च २७ मा रफीले मदरसे विद्यालयका प्रधानाध्यापकले आफ्नो कार्यालयमा बोलाएर पटक पटक अनुचित तरिकाबाट छुनका लागि भनेको आरोप लगाएकी थिइन् । त्यसपछि उनी भागेकी थिइन् ।त्यसपछि उनी परिवारसँगै प्रहरी कार्यालय गएर एक बयान दिइन् । प्रहरी कार्यालयमा पनि उनलाई प्रहरी अधिकारीले प्रभावमा पारेर बयान दिन लगाइएको भिडियो सार्वजनिक भएको थियो । ती प्रहरी अधिकारीले त्यो घटनालाई कुनै ठूलो कुरा नभएको बताएका थिए ।ती प्रहरी अधिकारीमाथि अवैध रुपमा बयान दर्ता गरेको र त्यसलाई अनलाइनमा शेयर गरको आरोप लागेको थियो ।उक्त बयानपछि मदरसा विद्यालयका प्रधानाध्यापकलाई गरिफ्तार गरिएको थियो, जसलाई लिएर स्थानीयहरु उनको रिहाइका लागि प्रदर्शनमा उत्रिएका थिए पुलिस जाँच ब्यूरो (पीबीआई) का प्रमुख बनज कुमार मजुमदारका अनुसार, प्रधानाध्यापकले जेलबाट नै आफ्ना सहयोगीलाई उक्त मुद्दा फिर्ता लिन नुसरतको परिवारलाई धम्काउन निर्देशन दिएका दिए ।ती प्रधानाध्यापकले यदि धम्की दिँदा पनि नमाने हत्या गर्ने आरोप पनि दिएको बताइएको छ । ‘उनीहरुले मट्टितेल र अनुहार ढाक्नले वस्तु खरिद गरे र हत्या गरिएको दिन गएको ६ अप्रिलमा बाँडेका थिए,’ पीबीआई प्रमुख मजुमदारले भने ।पीबीआई प्रमुखले त्यो घटना घटाउन केही विद्यार्थीहरुले केवल छात्रहरुलाई मात्र विद्यालयभित्र जान दिनका लागि गेटमा पहरा दिएको बताए । यसरी सबै प्रक्रिया मिलाएर नुसरतमाथि आक्रमण गरिएको थियो ।नुसरतले दिएको बयान अनुसार, उनलाई एक महिला छात्रको सहयोगमा विद्यालयको छतसम्म पुर्‍याएको थियो ।त्यहाँ पनि उनलाई मुद्दा फिर्ता लिन दबाब दिइएको थियो र खाली पानामा हस्ताक्षर गर्न दबाब दिइएको थियो । जब उनले फिर्ता नलिने बताइन् तब उनलाई मट्टितेल छर्किएर आगो लगाइयो ।एम्बुलेन्समा डरका कारण उनी बच्न सकिनन् । उनले आफ्नो भाइको मोबाइलमा आफूमाथि आक्रमण गर्ने केही छात्र रहेको बयान दिएकी थिइन् ।‘शिक्षकले मलाई छोएका हुन् र म यो कुरा अन्तिम साससम्म भनिरहन्छु,’ एक भिडियोमा ती किशोरीले भनेको सुन्न सकिन्छ ।

Related Articles

Back to top button