समाचार

खुल्लामञ्च बाट ज्ञानेन्द्र पक्राउ प्रहरी घाइते

काठमान्डौ – पत्रकारलाई जथाभावी गालीगलौज गरेको आरोप मा बुधबार वीरेन्द्रनगर खुल्लामञ्चबाट ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । गएकाे वैशाखमा आफ्नो कार्यक्रममा कोही पनि पत्रकार सहभागी नभएको भन्दै उनले सुर्खेतका पत्रकारहरु लाई अपशब्द प्रयोग गरी गालिगलैज गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।शाहीविरुद्ध नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले प्रहरीमा उजुरी दिएको थियो ।पक्राउ गर्ने क्रममा सुर्खेतका पाँच जना प्रहरी समेत घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरिक्षक निरञ्जन घिमिरे, हवल्दार रामसागर बर्मा, प्रहरी जवान प्रकाश बुढा, जीतबहादुर बोहोरा र हस्त सिंह रहेका छन् । घाइते प्रहरीहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।वीरेन्द्रनगर खुल्ला मञ्चबाट शाहीलाई पक्राउ गर्दा अन्य व्यक्तिहरुले पनि प्रहरी माथि ढुङ्गामुढा गरेकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदिप बहादुर क्षेत्रीले जानकारी दिनु भयो। प्रहरीले शाहीलाई पक्राउ गर्दा सहयोग गर्ने अन्य ६ जना पनि पक्राउ परेका छन् ।बुधबार खुल्लामञ्चमा नागरिक समाजले गरेको कार्यक्रममा सहभागी भएको बेलामा पक्राउ गरिएको हो।

आज त्यहाँ देउडा मेला समेत लागेको थियो ।‘शाहीलाई त्यहाँबाट पक्राउ गर्दा केही मान्छेले शाहीलाई सहयोग गरेर प्रहरीमाथि जाइलागे’ उहाँले भन्नुभयो, ‘हामी ले पाँच/छ जना पक्राउ गरेका छौँ । शाहीलाई पक्राउ गरेर काठमाण्डौ पठाउने तयारी गरेका छाैँ।’ शाही भष्टाचार विरुद्ध विभिन्न ठाउँमा अभियान सञ्चालन गर्दै आएका शाहीलाई साइबर क्राइम अन्तरगत कारबाहीका लागि काठमाण्डौ पठाइने उहाँले बताउनु भयो।काठमाडौँ : बिहिबार बिहान ललितपुरको भैंसेपाटीस्थित केमिकल गोदाममा आगोलागी भएको छ ।भैंसेपाटीमा रहेको किरणप्रसाद श्रेष्ठको सोडिय हाइड्रो सल्फिट गोदाममा बिहान ३ बजे लागेको आगो करिब ६ घण्टापछि ९ बजे मात्र नियन्त्रणमा आएको हो ।ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाको ४ दमकल, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो ६ घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताइएको छ ।प्रकाशित : बिहिबार, जेठ १६, २०७६०४:२९

Related Articles

Back to top button