समाचार

दुःखद खबर, काठमाडौंमा वियरको बोतलले हानेर एकको हत्या , २ घाइते !

।काठमाडौं, १६ जेठ । कुटपिट गरी हत्या गरेको अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका-२ घर भई हाल काठमाडौंतार्केश्वर नगरपालिका-११ नेपालटार बस्ने २२ वर्षीय भुवन घर्तिमगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।तार्केश्वर नगरपालिका-११ आनन्दपुरस्थित खाजा घरमा मादक पदार्थ सेवन गरी विवाद हुँदा भुवन घर्तिमगरले वियरको बोतलले प्रहार गर्दा गम्भीर घाइते भएका सोही स्थान बस्ने२१ वर्षीय सागर विसीको मनमोहन अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।मगरले वियरको बोतलले प्रहार गर्दा घाइते भएका सोही स्थान बस्ने २५ वर्षीय प्रदिप डाँगी र २२ वर्षीय कमल घर्तीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।काठमाडौँ, १६ जेठ । धनुषामा एक झाँक्रीले शक्तिशाली बन्ने ‘विश्वास’मा एक बालकको हत्या गरेको खुलासा भएको छधनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शम्भु साहका अढाई वर्षीय छोरा आर्यन भनिने समिर साहलाई ‘बलि’ दिएको अभियोगमा ५५ वर्षीय झाँक्री शत्रुधन महतोलाई पक्राउ गरेसँगै यसको खुलासा भएको हो ।गएको वैशाख २३ गते हराएका आर्यनको शव वैशाख २४ गते बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा फेला परेको थियो ।जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी ईकाइले संयुक्त रूपमा ६५ जनासँग बयान लिएको आधारमा धामी झाँक्रीको कला सिक्दै आएका महतोलाई पक्राउ गरेको हो ।उनको साथबाट एक थान धारिलो हतियार, घटना गर्दाको बखत लगाएको गन्जी, गम्छा र धोतीसमेत बरामद भएको छ ।महतोको बयानको आधारमा बालक आर्यनको बलि सिद्धि प्राप्ति गर्ने नाउँमा हत्या गरिएको पुष्टि भएको प्ररहरीले जनाएको छ । बलि दिएपछि आफू शक्तिशाली हुने अन्धविश्वासमा हत्या गरेको प्रहरीमसक्ष बयान दिएको धनुषाका प्रहरी प्रमुख एसपी

शेखर खनालले बताए ।वैशाख २३ गते साँझ आर्यनकी आमा रेनुदेवी घाँस काट्न गएको मौकाछोपी झाँक्री महतोले बालकलाई ललाइफकाइ आफ्नै घरको दैलोबाट अपहरण गरेका थिए । सोही राति झाँक्री महतोले बालकलाई लुकाएर राखेको र राति २ बजे सिद्धि प्राप्ति हुने अन्ध विश्वासमा आफ्नै आंगनमा धारिलो हतियार प्रहार गरी देवी देउताको नाममा बालकको घाँटी रेटेर हत्या गरेका थिए ।बलिपश्चात बालकलाई कृष्णानन्दको झाडीमा बालकको शवलाई फालेका थिए । त्यसपछि उनले बालकलाई बलि दिएको हतियार र लुगाकपडा समेत धोइपखाल गरी नुहाएकासमेत थिए ।झाँक्री महतो घरपरिवारका सदस्य उपचार गराउन बाहिर गएको र घरमा कोही नभएको मौका छोपी बालकको निर्दयतापूर्वक बलि दिएको अनुसन्धानबाट खुलेको एसपी खनालले बताए । झाँक्रीको घर आर्यनको घरबाट सय मिटर टाढा छ । आर्यनका बुबा वैदेशिक रोजगारमा छन् भने आर्यन एक्ला छोरा हुन् ।झाँक्री महतोमाथि अपहरण शरीर बन्धक राखी हत्या गरेको ज्यानसम्बन्धी मुद्दामा कारवाही प्रक्रिया बढाइएको एसपी खनालले विहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।महतोलाई धनुषा जिल्ला अदालतमा पेश गरी पहिलो पटक दिन ७ को म्याद थप गरिएको छ । मृतक बालकका हजुरवुवा पिताम्वर साह हलुवाईले शत्रुधन महतोबिरुद्व अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यान सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन्

Related Articles

Back to top button