समाचार

क्रिकेट रंगशालाको बार भत्काउने मुख्य नाइके,लाई

भरतपुर, १६ जेठ । निर्माणाधिन क्रिकेट रंगशालाको बार भत्काउने कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कारवाही गरेको छ ।निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने स्थानीय नेता प्रकाश कँडेललाई नेकपाले निलम्बन गरेको हो ।पार्टीले त्यही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएको छ । उनीहरुले निर्माण डोजर लगाएर रंगशालाको बार भत्काएका थिए ।

आवश्यक कारवाहीका लागि उनीहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिइसकेको छ ।जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजित’द्वारा विहीबार जारी विज्ञप्तीमा घटनामा संलग्न सबैलाई कानुनी कारवाही गरी क्षतिपूर्ति भराउन माग गरेको छ ।नेकपाले धुर्मुस-सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि तयार रहेको प्रतिवद्धता जनाएको छ ।नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केही समय पहिले काठमाडाैँमै रंगशालाको उद्घाटन गरेका थिए ।

Related Articles

Back to top button