समाचार

२५ वर्षीया आमाले गरिन् नवजात शिशुको हत्या

सल्यान — दार्मा गाउँपालिका ३ बेरुखेत घर भएकी २५ वर्षीया आशा विकले परपुरुष सँगको सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरेकी छिन् ।
विकले बुधबार राति घरमै बच्चा जन्माई छिमेकीले थाहा नपाउन भनि हत्या गरेर घर नजिकैको पाखोबारीमा गाडेकी थिइन् ।नवजात शिशुको हत्याको खबर पाएपछि प्रहरीले आशा विकलाई पक्राउ गरेको र उनले हत्या गरेर गाडेको नवजात शिशुको शव उत्खनन गरेर पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउ परेकी विकलाई अहिले इलाका प्रहरी कार्यालय थारमारे राखिएको प्रहरी नायब उपरीक्षक विरेन्द्रबहादुर शाहीले जानकारी गराए ।प्रकाशित : जेष्ठ १६, २०७६ १२:५३सुर्खेत । पत्रकारलाई गालीगलोज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई पक्राउ

गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत गत वैशाख १८ गते पत्रकारलाई तल्लोस्तरमा गाली गरी उनीहरूको इज्जतमा खलल पुर्‍याएको आरोपमा उजुरी परेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।उनका अनुसार शाहीलाई कानूनबमोजिम कारवाही गर्न नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष दुर्गा थापा र प्रदेश कमिटी अध्यक्ष गणेशकञ्चन भारतीले जिल्ला प्रहरी कार्यालयमार्फत काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा लिखित जाहेरी दिएका थिए । सोहीबमोजिम शाहीविरुद्ध विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता भई अदालतबाट पक्राउ आदेश जारी भएकाले उनलाई नियन्त्रणमा लिइएको उनले बताए ।शाहीलाई समात्न खोज्दा अवरोध पुर्‍याउने दुई महिला र छ पुरुषलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । उक्त घटनामा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हवल्दार प्रकाश बुढा, प्रहरी जवान जीतबहादुर बोहोरा, हस्त सिंह, रामसागर वर्मा र पवन सुवेदी घाइते भएको प्रहरीले बताएको छ ।

Related Articles

Back to top button