समाचार

अब बिदेस बाट घर फर्किने नेपाली हरुको लागि आयो नया कानुन

१ सय ग्रामसम्म काचो सुन ल्याउन पाइन काठमाडौं। सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको सीमा बढाएको छ। अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्रामको काँचो सुन ल्याउन पाइने भएको हो। आर्थिक विधेयक २०७६ ले यस्तो व्यवस्था गरेको हो।सुनका गहना करिब २५ तोलासम्मअब दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइने छ। ५० ग्रामसम्म सुनका गहना ल्याउदा शुल्क लाग्दैन। थप एक सय ग्राम ल्याउदा प्रति दश ग्रामको सात हजार दुई सय रुपैयाँ लाग्छ। बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ।काँचो सुन १० तोलासम्मसय ग्राम (करिब १० तोला) सम्म काँचो सुन ल्याउन पाइने भएको छ। पचास ग्राम मात्र काँचो सुन आयात गर्दा प्रति १० ग्रामको ६ हजार दुई सय रुपैयाँ भन्सार लाग्ने छ। बाँकी पचास ग्रामको प्रती १० ग्रामको सात हजार दुई सय रुपैयाँ लाग्ने आर्थिक विधेयकमा उल्लेख छ।विदेशीको हकमा धरौटी राख्नुपर्नेविदेशीले नेपालमा सुनका गहना भित्र्याउदा गहनाको कुल लागतको २० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था छ। तर उक्त गहना फिर्ता गर्ने शर्तमा मात्रै भित्र्याउन मिल्छ। फिर्ता

लैजादा धरौटी फिर्ता हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ।सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ
मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट थियो। तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने जनाइएको छ।परासी। पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको देवचुली नगरपालिका दुम्कौलीमा बिहीबार दिउसो यात्रु वहाक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । २० जना घाइते छन् ।घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । मृत्यु हुने सबै महिला छन् ।मृत्यु हुनेमा पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–१४ की ६५ वर्षीया कुमारी सुनारी र सोही ठाउँकी ७० वर्षीया जमुना मापछन् छन् । अर्की अन्दाजी ३०÷३५ वर्षीया महिलाको सनाखत हुन सकेको छैन ।पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको ना ४ ख ५२९५ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ना २ ख ४८९० नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर र स्थानीय मेडिकलहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button