समाचार

बसपार्क काे होटेलमा नग्न अवस्थामा शव फेला

बसपार्ककाे एक होटेलमा भेटिए नाङ्गै युवककाे शव!धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित एक होटलमा आज युवकको नग्न अवस्थामा शव फेला परेको छ । श्रीपाल होटलको कोठा नम्बर १०५ मा धनगढीको तारानगरका ३० वर्षीय आदर्श भट्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।मृतक भट्टसँगै सो कोठामा यही वैशाख १० गतेबाट बस्दै आएका धनगढी उत्तरबेहडीका प्रकाश चौधरी र यसपाल मल्ललाई घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।याे पनिः काठमाडाैं : आइतबार राजधानीका सुकेधारा र अनामनगरमा भएका विस्फोटमा परी मर्ने चार जनाकाे पहिचान भएकाे छ। उनीहरु नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता भएकाे प्रहरीले पुष्टि गरेकाे छ।सुकेधारामा तीन जनाकाे मृत्यु भएकाे थियाे। दाङका गोकुल राना मगर, कालिकोटका दीपेन्द्र भनिने विभुराम विक र निरन्तर मल्ल ठकुरी रहेकाे प्रहरी प्रवक्ता डीआइजी विश्वराज

पोखरेलले जानकारी दिएका छन्। तीनै जनाको शव अहिले चावहिलस्थित ओम अस्पतालमा राखिएको छ।घट्टेकुलोमा भएको बम विस्फोटमा परी मृत्यु हुने प्रज्वल शाही हुन्। उनी विप्लव माओवादीका विद्यार्थी संगठनका केन्द्रीय सदस्य हुन्। विस्फोटमा परेर घाइते भएका पाँच जना विप्लवका कार्यकर्ता अहिले प्रहरीको नियन्त्रणमा अस्पतालमा उपचाररत छन्।घट्टेकुलोमा घाइते भएका त्रिचन्द्र कलेजका इकाइ अध्यक्ष रविन केसीको वीर अस्पतालमा उपचार भैरहेको छ। सुकेधारामा घाइते भएका सैलुन सञ्चालक जीवकुमार ठाकुरको पनि वीरमै उपचार भइरहेको छ।सुकेधारा विस्फोटमा परी घाइते भएका कपनका हरि खड्का, ललितपुर चुनिखेलका सुनिल महर्जन र नाम खुल्न नसकेका अर्का एक कार्यकर्ताको ओम अस्पतालमा उपचार भइरहेको छ। महर्जन विपल्व माओवादीको नेवा मुक्ति मोर्चाका अध्यक्ष हुन् भने खड्काको पार्टीमा जिम्मेवारी खुलेको छैन।

Related Articles

Back to top button