भिडियो

अबको प्रधानमन्त्री मै हुँ: प्रचण्ड (हेर्नुस

सहमति अनुसार अबको प्रधानमन्त्री मै हुँ: प्रचण्ड (हेर्नुस भिडियोर्वाता)नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पनै नगर्ने बताएका छन् ।उनले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई दिएको अन्तर्वार्तामा प्रचण्डले सहमतिविपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जाने बताए ।केपी शर्मा ओलीले तपाई प्रधानमन्त्री बनाउनु होला ? तपाइलाई विश्वास छ ?हामीले पार्टी एकता गर्ने संकल्प गर्र्यौ र चुनाव एउटै घोषणापत्र र साझा उम्मेदवारको रुपमा लड्यौं । नेपाली जनताले त्यसलाई राम्रोसँग अनुमोदन गर्यो र अहिले हामी एउटा राम्रो जिम्मेवारीमा छौं । अझ नेतृत्वको कुरा गर्दा म र कमरेड केपी ओली अध्यक्ष हुनुको नाताले अझ ठूलो जिम्मेवारीमा छौं । दोस्रो कुरा पार्टी एकता गर्दा हामीबीच सहमति भएकै छ । सहमतिबाट नै निर्णय गरेर पार्टीमा जानुपर्छ र सरकारको नेतृत्व पनि हामीले आलोपालो गर्ने भन्ने नै छ । हामीले लिखित नै सहमति गरेका छौं त्यो बाहिर नै आइसकेको छ । किताबमा छापिएर आइसकेको छ त्यसो भए आलोपालोमा जाने सहमति भएकै हो ?अँ त्यो सहमति हामीबीच भएकै छ । केपी जी र मेरो कुरा हुँदा हामी सहमतिअनुसार नै जाने भन्ने कुरा हामी प्रतिबद्ध छौं । त्यसकारण म अहिले आशंका गर्न पनि चाहन्न । र यो विषय फेरी के हो भने उहाँ(ओली) र म बीच सहमति भयो भने पाँचै वर्ष केपीजी नै प्रधानमन्त्री भए पनि हुन्छ ।

Related Articles

Back to top button