समाचार

ससुराद्वारा बुहारीको बलात्कारपछि बीभत्स हत्या

ससुराद्वारा बुहारीको बलात्कारपछि बीभत्स हत्या बझाङ : बझाङमा एक महिलाको विभत्स हत्या भएको छ । सुर्मा गाउँपालिका वडा ४ गौखेडा बस्ने लक्की पुजाराकी करिब २५ वर्षीया श्रीमती जुना पुजाराको छिमेकी ससुरा (अंकल) नाता पर्ने लोकेन्द्र पुजाराले हत्या गरेको प्रहरी स्रोतले जनाएको छ ।प्रहरीकाअनुसार बिहीबार बेलुका ४ बजे धारामा लुगा धोइरहेकी जुनाको धारामै पछाडीबाट हँसियाले सिधै घाँटीमा प्रहार गरेको र गोठमा लगेर बलात्कार गरी नाङ्गै पारेर विछिप्त अवस्थामा छोडेको प्रहरीले जनाएको छ ।हत्या आरोपी लोकेन्द्र पुजारालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।

हत्याको कारण भने नखुलेको प्रहरीको भनाई छ ।नवलपरासी, १६ जेठ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं. २ हमालचोकमा बस र ट्रक एकापसमा ठोकिएका छन् । उक्त दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारीअनुसार बसमा रहेका २२ जना यात्रुहरु घाइते भएका छन् । बिहीबार ना २ ख ४८९० नम्बरको ट्रक र ना ४ ख ५२९५ नम्बरको बस एकापसमा ठोकिएका थिए । प्रहरीका अनुसार मृतकहरुमा गैंडाकोट नगरपालिका– १४ की ६५ बर्षीया कुमारी सुनारी, सोही नगरपालिकाको वडा नम्बर १८ की जमुना मापाछन र नाम नखुलेकी एक महिलाको मृत्यु भएको छ ।पाल्पाका लागि नारायणगढबाट जाँदै गरेको ट्रक र कावासोतीदेखि नारायणगढतर्फ जाँदै गरेको बस एकापसमा ठोकिएका थिए । घाइतेहरुको नयाँ मेडिकल कलेज, पुरानो मेडिकल कलेज र मनकामना अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

Related Articles

Back to top button