समाचार

लोकदोहोरी गायिका विष्णु माझीलाई मातृ शोक

स्याङजा – लोकदोहोरी गायिका विष्णु माझीकी आमा धर्मकुमारी माझीको ५८ वर्षको उमेरमा निधन भएको छ ।स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर-८ मा रहेको आफ्नै घरमा उहाँको निधन भएको परिवारले जनाएको छ । लामो समयदेखि उच्चरक्तचापको बिरामी रहनुभएकी माझीको शुक्रबार निधन भएको हो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् ।अन्तिम अपडेट: बैशाख २०, २०७७

Related Articles

Back to top button