समाचार

नेपाली सेनाको गाडीले ठक्कर दिँदा किरणको ज्यान गयो प्रतीक्षा घाइते

नेपालगन्ज । बाँके जिल्लाको कोहलपुरमा गाडीले मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक महिला घाइते भएकी छन्। कोहलपुर नगरपालिका वडा नं ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह६३४१ नंको गाडीले ठक्कर दिँदा भे४ प ७६२० नंको मोटरसाइकलमा सवार कोहलपुर –२ का २४ वर्षीय किरण भुसालको निधन भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ।

बाँकेको नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको नेपाली सेनाको गाडी र मोटरसाइकलले एनटिभी रोड क्रस गर्दैगर्दा जुधेका थिए ।साँग्रिला डेभलपमेन्ट बैँक नेपालगञ्जमा २७ वर्षीया दिदी प्रतीक्षालाई लिन गएका किरणको मृत्यु भएको र घाइते प्रतीक्षाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो।

Related Articles

Back to top button