समाचार

काठमाडौँ जाँदै गरेको यात्रुबाहक बसमा लुटपाट,

वीरगञ्ज – बाराको पथलैया निजगढ सडकखण्डमा काठमाडौँ जाँदै गरेको एक यात्रुबाहक बसमा शुक्रबार बिहान लुटपाट भएको छ । जलेश्वरबाट काठमाडौँ गइरहेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसमा को ४÷५ जनाको समूहले बिहान ३ बजेतिर लुटपाट गरेको बताइएको छ ।लुटेराहरुको समूह बसका सहयोगीसँग रहेको ४५ हजार नगद र एक थान मोबाइल पनि लुटेर लगेको प्रहरीले जनाएको छ ।लुटपाटमा संलग्न एकजना पक्राउ परे पनि अन्य फरार रहेको बतायउको छ । पक्राउ पर्नेमा सिन्धुलीको मरिङ गाउँपालिका घर भई हाल निजगढ नगरपालिका वडा नम्बर ८ बस्दै आएका २६ वर्षीय संघर्ष थिंग रहेका छन् ।लुटेराहरुले बसको यात्रुहरुलाई भने केही नगरेको प्रहरीले जनाएको छ । फरार रहेका हरको खोजी भइरहेको छबिराटनगर । प्रेमीकाको हत्या गर्ने विराटनगर १० का ३० बर्षीय दिनेश भट्टराईलाई अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एकल इजलासले पीडित परिवारलाई एक लाख रुपैया क्षतिपूर्ति सहित अभियुक्त भटराईलाई जन्मकैदको फैसला गरेको हो ।अभियुक्त दिनेशले १ भदौ २०७५ जरुरी भेटघाटको बहाना बनाएर ग्रामथान गाउँपालिका ३ सिद्राहा स्थित फलैचामा २ धारिलो हतियार प्रहार गरी सोही ठाउँकी २३ बर्षीया प्रेमिका शिखा घिमिरेको छुरा प्रहार गरि निर्ममता पूर्वक हत्या गरेका थिए ।प्रहरीका अनुसार फलैचामा बसेको बेला दिनेशले प्रेमिकाको टाउको घाँटी, पेट, शरिरमा छुरा प्रहार गरेका थिए । धारिलो हतियार प्रहार गरी हत्या हँुदै गरेको देखेका गाउँलेहरुले बाटो छेकेर घेरा हाली दिनेशलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । पहिले जन्मकैद सजाय हुँदा २० बर्षसम्म जेल बस्दा पुग्दथ्यो । तर नयाँ फौजदारी अपराधसंहिता २०७४ लागू भएपछि जधन्य अपराध गर्नेैहरुलाई

जिवनभरका लागि जन्मकैद हुन्छ चितवन, – भरतपुर अस्पतालमा उपचारका क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ बस्ने प्रकाश बस्नेतका १४ महीनाका छोरा रहेका छन् । उनलार्ई निमोनिय भएका कारण उपचारका लागिभरतपुर अस्पताल ल्याइएका बालकको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको थियो ।बालकले आमाको दूध खाने समयमा दूध सर्किएर मृत्यु भएको अस्पतालले जनाएको छ । बालकको मृत्युपछि बालकका आफन्त र सर्वसाधारण चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित बनेका थिए । आक्रोशित भीडलाई नियन्त्रणमा लिने क्रममा बिहीबार साँझ प्रहरीले सामाजिक अभियन्ता अर्जुन भुसालसहित छ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दियोअमेरिकाको एक अस्पतालमा २४५ ग्रामकी एक बालिकाको जन्म भएको छ। जसलाई विश्वकै सबभन्दा सानो आकारको बालिका भनी समाचार सार्वजनिक भएको छ।र ती बालिका जन्मिएको समय उनको तौल एक स्याउको जत्रो थियो। गत वर्ष २०१८ को डिसेम्बर महिनामा बालिकाले २३ हप्ता ३ तीनमै जन्म लिएकी थिइन्। जसको नाम सेबी राखिएको छ । उक्त समय बालिकाको जीवितै रहने आशा निकै कम थियो।जसले गर्दा उनलाई क्यालिफोर्नियास्थित स्यानडिएगोको सार्प मेरी बर्च अस्पतालको एक विशेष कक्षमा राखिएको थियो। त्यसबेला डाक्टरले पनि ती बालिकाको बाबु–आमालाई बच्चा केही घण्टाको लागि मात्रै जीवित रहने बताए पनि त्यो सबै गलत साबित भएको छ । ५ महिनासम्मको कडा निगरानीमा उपचारपछि उनी अहिले स्वस्थ भई डिस्चार्ज गरिएको बीबीसीले जनाएको छ। उनको तौल पनि ढाई किलो भएको जनाइएको छ।

Related Articles

Back to top button