समाचार

पाँचथर नौ जनाको सामूहिक हत्या काण्ड’ : यस्तो छ प्रहरीको निष्कर्ष

विराटनगर,
पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा ६ जेठ राति दुई घरमा बसेका एकै परिवारका नौ जनाको सामूहिक हत्या एकै व्यक्तिबाट भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । एक पविारका नौ जनाको बिभत्स हत्या भएपछि अनुसन्धानमा खटिएको भिन्न–भिन्न चार वटा प्रहरी टोलीले हत्या एकै व्यक्ति नातामा कान्छा ज्वाईँ पर्ने ३३ वर्षीय मानवहादुर माखिमले गरेको निष्कर्ष निकालेको हो ।यद्यपि, हत्यामा अन्य कोही मतियार भए पत्ता लगाउन प्रहरीले अनुसन्धानलाई खुल्लै राखेको छ । आरुबोटे घटनाको यर्थाथ चाँडो पत्ता लगाएर सार्वजनिक गर्न एक नम्बर प्रदेशसभामा सांसदहरुले सरकारसँग माग गरेपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले घटनाको यर्थाथ बिहीबार प्रदेश सभामा जानकारी गराएका छन् ।गृहप्रशासन हेर्ने मन्त्रालयका मन्त्री कार्कीले बिहीबार प्रदेशसभामा जानकारी गराएअनुसार घटना ६ जेठ एक बजे रातितिर भएको हो । सामूहिक हत्या गर्ने परिवारकै सदस्य नातामा बमबहादुरको कान्छा ज्वाईँ पर्ने मानवबहादुर माखिम हुन् भन्ने पुष्टि भएको प्रहरीको भनाइ छ ।मन्त्री कार्कीले संसदमा जानकारी गराएको प्रहरी प्रतिवेदन अनुसार प्राप्त प्रमाण घटनास्थलको अवस्था बरामद सामग्रीहरु, स्थानियबासीसँगको सोधपुछ आदिले हत्या मानवहादुरले नै गरेको यथेष्ट आधारहरु फेला परेका छन् ।प्रहरी प्रतिवेदनअनुसार आफ्नै परिवारका नौ जना सदस्यहरु सासु, ससुरा, श्रीमती, छोरी र साढुदाई अनि उनका श्रीमती र छोरीहरुसमेत गरी ९ जनाको हत्या गरेका मानबहादुर मिक्लाजुङ–७ स्थित घरमा एक्लै बस्दै आएका थिए ।हत्यापछि उनले फर्केर रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ । नातामा जेठी सासुकी छोरी पर्ने १४ वर्षीया सीता खुजुम भागेर बाँच्न सफल भएकी थिइन् । उनी झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारत छिन् ।यी प्रहरी टोलीले गरेका थिए अपराध अनुसन्घटनाको संघीय प्रहरी इकाई कार्यालय धरानका एसएपी सरद खत्री, अपराध अनुसन्धा व्युरोको एसपी उमाप्रसाद चर्तुबेदी प्रदेश प्रहरी कार्यालयको विषेश अनुसन्धान व्युरोका इन्स्पेक्टर लेखनाथ दाहाल प्रदेश प्रहरी प्रवक्ता सिद्धार्थ न्यौपाने र जिल्ला प्रहरी पाँचथरका डिएसपी नरेन्द्र कुँवरलगायतको टोलीले गहन अनुसन्धान गरेको थियो ।अनुसन्धान टोलीले घटनास्थलमा जासुसी कुकुरसमेत परिचालन गर्ने, शंकास्पद व्यक्तिहरुसँग बयान लिने, हत्यामा प्रयोग भएका सामग्रीहरुको फरेन्सिक जाँच गराउने कामहरु गरेको थियो । घटनास्थलबाट जनप्रतिनिधिहरुलाई छाडेर सबै टोलीहरु अनुसन्धान सकाएर फर्किसकेको छ ।

मानबहादुरले नै ९ जनाको हत्या गरेको प्रहरीले दाबी गरेका १५ आधारहरु

प्रदेश सभामा आन्तरिक मामिलामन्त्री कार्कीले जानकारी गराएको प्रहरी प्रतिवेदनअनुसार हत्या हुने समयमा घरबाट भागेर बाँच्न सफल जेठी सासुकी छोरी १४ वर्षीया बालिका सीताले मुखमा मास्क लगाएर आएको एक जनाले व्यक्तिले हत्या गरेको बयान दिनु, हत्या गर्ने समयमा मानवबहादुरले प्रयोग गरेका लुगाहरु बरामद हुनु र त्यसमा रगत फेला पर्नु, हत्यामा प्रयोग गरेको खुकुरी र मानबहादुरले बोकेको खुकुरी एउटै हुनु, मानबहादुरले प्रयोग गरेको टर्च र लगाएको चप्पलमा रगत हुनु, झुण्डिएर मरेको अवस्थामा फेला परेको मानबहादुरको मलद्वारमा रगत हुनु, बोकेको झोलामा र भित्र रहेको ४ हजार ५० रुपैयाँ पैसामा पनि रगत भेटिनु, मानबहादुरले प्रयोग गरेको मोबाइलको सिमसँग परिवारका सदस्यसँगको कनेक्सन हुनु, मानबहादुर झुण्डिएको डोरी र उसको घरमा फेला परेको डोरी एउटै हुनु, ६ जेठ राति झोला बोकेको चप्पल लगाएको मानिस राति १२ बजेतिर आरुबोटेतिर जाँदै गरेको स्थानीय फूलमाया नेपाली नामकी महिलाले देख्नु, अघिल्लो दिन एक जना नातेदारसँग मोबाइलमा १० मिनेट फोन गरेर मानबहादुरले दुस्मनलाई मारेर आफू पनि मर्ने योजना सुनाउनु र सोहीअनुसार घटना हुनु, मानबहादुर र उनको श्रीमतीसँगको सम्बन्ध बिग्रनु र बारम्बार झगडा हुनु, मानबहादुर र उनकी श्रीमतीको अदालतमा सम्बन्ध बिच्छेद मुद्दा दर्ता हुनु, फियाक परिवारले नातामा ज्वाईँ पर्ने मानबहादुरलाई तथानाम गाली गरेर छिछी दुुुरदुर गर्नु र मानबहादुर आफैँ मानसिक रोगी भएकोले औषधि सेवन गर्ने गरेको हुनु अनि रोग बढ्दै गएपछि धामी लगाएर निको पार्ने प्रयास गर्नु र छरछिमेकहरुले दिएको बयानका आधारमा हत्यामा मानबहादुर माखिम नै संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको हो ।

यसैले मनोरोगी बनेका थिए मानबहादुर
बैदेशिक रोजगारमा गएर फर्केका तर धनसम्पत्ति कमाउन असफल भएका मानबहादुरलाई श्रीमती र ससुराली खलकले हेप्ने गरेका थिए । यसबारे पटक–पटक मानबहादुरको झगडा हुने गरेको थियो । उनकी श्रीमती मनकुमारी पनि उनलाई छोडेर माइतमै बस्न थालेकी थिइन् । उनीहरुबीच सम्बन्ध बिच्छेदको मुद्दा पनि अदालतमा थियो स्थानीय प्रहरीले पटक–पटक श्रीमान्–श्रीमतीलाई छलफल गरेर घर पठाएको थियो । तर, श्रीमती फर्केर पुनः माइत आएर बस्ने गरेकी थिइन् । पछि पटक–पटक श्रीमतीलाई घर फर्काउन प्रयास गरेपनि नमानेपछि उनी झन् बिरक्तिएका थिए । उनी मनोरोगी बनेकोले औषधि पनि सेवन गर्ने गर्दथे । मानसिक बिक्षिप्तताको आवेशमा आएर पाँच किलोटिर पर बस्ने मानबहादुरले आरुबोटेमा दुई किलोमिटर आसपासमा रहेका सुसुराको घरमा ४ र साढु दाइको घरमा ५ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।समममै मानबहादुरलाई निगरानी नगर्दा नौँ जनाको हत्याकेही दिनअघि गाउँमा भएको शिल्पकला तालिमका क्रममा खानामा सिसा मिसिएको घटनाबारे सुक्ष्म अनुसन्धान नगर्दा र बारम्बार परिवारलाई ज्यान मार्ने धम्की दिँदै आएको मानसिक रोगी मानबहादुरलाई निगरानीमा नराख्दा जघन्य घटना भएको पनि प्रहरीले बोध गरेको छ ।प्रदेशसभामा सांसदहरुलाई अनुसन्धानको प्रगति प्रतिवेदन जानकारी गराउँदै मन्त्री कार्कीले भने, ‘समममै मानबहादुरलाई निगरानी गर्न सकेको भए यत्रो बिभत्स हत्या नै हुने थिएन कमजोरी किन भयो भन्नेबार इलाका र चौकीमा सोधुपछ गर्ने काम भैरहेको छ ।’क–कस्को भएको थियो हत्या रुमिक्लाजुङ–३ आरुबोटे निवासी नातामा मानबहाादुरको ससुरा पर्ने ७५ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती ७५ वर्षीया नातामा सासु पेर्ने पुर्चीमाया फियाक, मानबहादुरकी श्रीमती ३५ वर्षीया मनकुमारी फियाक र छोरी १० वर्षीया नातिनी आशिकाकुमारी खजुम यसैगरि मनबहादुरका साढुदाई ३४ वर्षीय धनराज शेर्मा, उनकी श्रीमती ३५ वर्षीया जस्मिता फियाक शेर्मा, १२ वर्षीया छोरी युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा र ६ वर्षीया इच्छा शेर्मा ।

Related Articles

Back to top button