समाचार

चितवन दुर्घटना मा। भण्डारीको ज्यान गयो

केदार शर्मा,चितवन, २१ बैशाख । चितवनको खैरहनीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा १ को ज्यान गएको छ ।पूर्वी चितवनको खैरहनी २ चैनपुर चोकमा ग १ क २१९६ नम्बरको ट्रकले ना २७ प ५८१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा खैरहनी ८ निवासी ६३ वर्षीय कुलानन्द भण्डारीको ज्यान

गएको हो।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकले बाटो काट्न लागेको मोटरसाइकललाई आइतबार बेलुका ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक भण्डारीलाई उपचारको लागि भरतपुर पठाइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Back to top button