समाचार

यात्रु बाहक बसमा लुटपाट

काठमाडौँ : शुक्रबार बिहान काठमाडौँ आउँदै गरेको बसमा चढेर एक समूहले लुटपाट गरेको छ ।बाराको पथलैया निजगढ सडकखण्डमा जलेश्वरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसमा ४/५ जनाको समूहमा आएका व्यक्तिले लुटपाट गरेका हुन् ।ईलाका प्रहरी कार्यालय निजगढका अनुसार पथलैया निजगढ सडकखण्ड अन्तर्गत गढीमाई जानेबाटो नजिकै मोटरसाइकलमा आएको एक समूहले बसलाई रोकी सहचालकको साथमा रहेको ४५ हजार रुपैंया लुटपाट गरेका हुन् ।लुटपाटमा संलग्न सिन्धुलीको मरिङ गाउँपालिका घर भई हाल निजगढ नगरपालिका- ८ बस्दै आएका २६ वर्षीय
संघर्ष थिंगलाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको प्रहरी निरिक्षक बिकैम लामाले जानकारी दिए ।उनका अनुसार बसमा लुटपाट गर्न समूहमा आएका उनीहरु यात्रुको प्रतिकारपछि फरार भएका हुन् ।प्रकाशित : शुक्रबार, जेठ १७, २०७६०८:४४काठमाडौँ : बिहिबार राती नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।नुवाकोटको बेलकोटगढी नगरपालिका-५ केउरिनीस्थित गल्छी–त्रिशुली सडकखण्डमा राती करिब ९ बजे बा ६४ प ३०९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तादी गाउँपालिका निवासी भएका रामचन्द्र रिजालको मृत्यु भएको हो ।मोटरसाइकल सडकबाट खसेपछि गम्भीर घाइते
भएका उनको उपचारको क्रममा ट्रमा सेन्टरमा राती २ बजेनै मृत्यु भएको प्रहरीले जनाएको छ ।उक्त दुर्घटनामा गम्भीर घाइते भएका जनक रिजालको सोहि

अस्पतालमा उपचार भइरहेको बताइएको छ ।प्रकाशित : शुक्रबार, जेठ १७, २०७६०८:१७जर्मनीको सहर हमबर्गमा एक जोडीले दोस्रो पटक आमाबुबा बनेपछि यति खुसि भए कि उनीहरुले हस्पिटलबाट घर जाने क्रममा ट्याक्सीबाट बच्चा लान बिर्सेका छन् । यो जोडीको नाम हमबर्गका पुलिसले बताएका छैनन् तर यसको बारेमा सोशल मिडियामा पोस्ट भने गरेका छन्। पोस्टको अनुसार दुवैजना आफ्नो दोस्रो बच्चाको जन्मपछि धेरै खुशी थिए।हस्पिटलबाट डिस्चार्ज भएपछि ट्याक्सी लिएर घरको नजिक रोकाएर आफ्नो ठुलो छोरालाई लिएर उत्रे र घर जाने बाटोतिर लागे । केहि बिर्सेको अनुभव भई पछाडी फर्केर ट्याक्सीवालालाई बोलाउदा ट्याक्सी नै गईसकेका थिए ।जब कुनै पत्तो नभएपछि पुलिसलाई खोज्नको लागि भनेका थिए। पुलिस अधिकारीले बताएका छन् , “वास्तवमा ट्याक्सी ड्राइबरलाई पनि पछिल्लो सिटमा बच्चा छ भन्ने थाहा थिएन। उसले जोडीलाई छोडेर पार्किङ्ग लटमा ट्याक्सी पार्क गरेर लन्च गरि अर्को प्यासेन्जरलाई लिन एयरपोर्ट पनि गएका थिए। त्यस समयसम्म बेबी आरामले सुतेको थियो भने उसको आमाबुबा र पुलिसले बच्चालाई खोजी रहेका थिए। जब प्यासेन्जरले पछिल्लो सिटमा बच्चा देखे उ दङ्ग परे। उसले ड्राइबरलाई पुलिसलाई उजुरी दिन आग्रह गरे, जहाँ उनको बुबाआमा थिए। अन्तिममा ड्राइबरले बच्चालाई पुलिस स्टेशन पुर्याएर आफ्नो अभिभावकलाई सुम्पिदिए।

Related Articles

Back to top button