अन्तर्राष्ट्रिय

कोरोना संक्रमणबाट इटहरीका काजिको मृत्यु

इटहरी । कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट इटहरी ५ का ५१ बर्ष लिलामान (काजी) कटुवालको मृत्यु भएको छ । एक बर्ष अगाडी बैदेशिक रोजगारको लागि साउदी पुगेका उनको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

इटहरी ५ सितलनगरका उनको मृत्यु भएको परिवारले पुष्टि गरेको छ । आजै बाट उनकोे हिन्दु परम्परा अनुसार काजकिरिया समेत सुरु भएको छ । ४ दिन अघि मृत्यु भएका उनको आजबाट १३ दिने काम सुरु गरेका छौ मृतका छिमेकी दुर्गा कार्कीले भने ।

मृतक कटुवालको २ वटा छोरी एक छोरा छन । उनका छोरा प्रसान काजकिरियामा बसेका छन । मृतक कटुवालको शव नेपाल नआउने भए पछि आजैबाट १३ दिने काम सुरु गरेको बताएका छन । मृतकका परिवारले स्थानीय,प्रदेश र संघिय सरकार सँग सहयोगको माग गरेका छन

Related Articles

Back to top button