समाचार

।झापा मा गोली चल्यो

बिर्तामोड — नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुर क्षाकर्मीमाथि भारतीय नागरिकले आ क्रमण प्रयास गरेका छन् । झापा गाउँपालिकास्थित १३१ नम्बर पिल्लरनजिकको सशस्त्र प्रहरी क्याम्पमा सोमबार साँझ आ क्रमण प्रयास भएको हो ।

डेढ सयभन्दा बढी भारतीय घरेलु हति यार बोकेर क्याम्प आएका थिए । स्थिति निय न्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । हवाई फायरपछि उनीहरु तितरबितर भएको उनले बताए ।प्रजिअ राईका अनुसार सोमबार बेलुका सवा ५ बजेतिर दुई भारतीय नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई सम्झाएर भारततिरै फर्काइदिएका थिए । त्यसको केही बेरमै उनीहरू गाउँलेसहित हति

यार बोकेर आएका हुन् ।झापासँगको सीमामा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आ क्रमण प्रयास गरेको यो दोस्रो घट ना हो । साताअघि कचनकवल गाउँपालिका–४ स्थित सीमाक्षेत्रमा पनि बलजफ्ती नेपाल पस्न खोजेका केही भारतीयले प्रहरीमाथि आ क्रमण प्रयास गरेका थिए । त्यस क्रममा भारतीयको हँसियाले लागेर एक प्रहरीलाई सा मान्य चोटसमेत लागेको थियो ।सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीमाथि आक्र मण हुने क्रम बढेकाले तत्काल जिल्ला सुरक्षा समितिको बैठक बसेर ठोस निर्णय गर्ने तयारी भइरहेको प्रजिअ राईले बताए ।

Related Articles

Back to top button