समाचार

‘कोरोना महामारी रोक्न सीमामा तारबार

काठमाडौँ। सत्तारुढ नेकपाका प्रमुख सचेतक देव गुरुङले सीमामा कडाइ गरेर मात्रै कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रण हुने बताएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकारी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सीमामा कडाइ नगरी कोरोना नियन्त्रण गर्न कठिन हुने बताएका हुन् ।

सीमानाकाबाटै कोरोना भाइरसको संक्रमणको जोखिम निम्तिएकाले कडाइ गर्नुपर्ने गुरुङले सुझाव दिएका छन् । ‘सीमामा टाइट नगरे त्यही नै हाम्रो निम्ति जोखिम र अभिशाप सावित हुनेछ,’ उनले भने, ‘तारबार लगाएर सीमा बन्द गर्नैपर्छ ।’ त्यस्तै उनले खासखास नाका मात्र खुलाएर सीमामा पासपोर्ट र भिसा प्रणाली लागू गर्नुपर्छ भन्ने कोरोना संक्रमणको परिघटनाले सन्देश दिएको बताए ।

प्रमुख सचेतक गुरुङले सीमा सुरक्षामा नेपाली सेना नै खटाउनुपर्ने पनि बताएका छन् । ‘सीमामा सशस्त्र प्रहरी र आन्तरिक सुरक्षामा नेपाली सेना खटाइनु अलि उल्टो भयो कि भन्ने लाग्छ,’ गुरुङले भने ।

Related Articles

Back to top button