समाचार

मोटरसाइकल ठक्कर खाँदा सशस्त्र प्रहरी हवल्दा कोमृत्यु भरत घाइते

काठमाडौं, २३ बैशाख । पूर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ मा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठक्कर खादा एक सशस्त्र प्रहरीको ज्यान गएको छ भने एकजना घाइते भएका छन ।मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्दार गोरख ऐर रहेको प्रहरीले जानकारी दिएको छ ।

गौरीगंगा नगरपालिका ९ शंकरपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ओमसाई अस्पताल धनगढीको से १ च १८२८ नम्बरको एम्बुलेन्स र बिपरित दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।घाइते ऐरको सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।घटनामा घोडाघोडा नपा १० का भरत बोहरा सामान्य घाइते भएका छन । उनको घोडाघोडी अस्पतालमा उपचार भैरहेको छ ।

Related Articles

Back to top button