अन्तर्राष्ट्रिय

विश्वभरका मानिसहरुलाई खुसीको खबर कोरोना भाइरसको भ्या,क्सिन बनाएको इजरायलको घोषणा

काठमाडौं । आफ्नो प्र,विधिको लागि प्रसिद्ध देश इजरायलले कोरोनाभाइरसको भ्या,क्सिन बनाएको दा,वी गरेको छ । यो दावी इजरायलका रक्षामन्त्री नेफ्ताली बेन्नेटले गरेका हुन् । बेन्नेटका अनुसार इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आइआइबीआर)ले कोरोनाभाइरसको एन्टिबडी विकसित गर्ने काममा सफलता हासिल गरेको हो ।

इजरायलका रक्षामन्त्री नेफ्ताली बेन्नेटले सोमबार इजरायलको आइआइबीआर संस्थानले कोरोनाभाइरसविरु,द्धको भ्या,क्सिन विकसित गरेको दावी गरेका हुन् । यो संस्थानले एन्टिबडी विकसित गरेको हो । रक्षामन्त्री बेन्नेटका अनुसार भ्या,क्सिन विकासको चरण पूरा भइसकेको छ । अब यसको पेटेन्ट र ठूलो परिमाणमा उत्पादनको तयारी सुरु भइसकेको छ ।

आइआइबीआर इजरायलको निकै गु,प्त संस्थान हो । यहाँ हुने प्रयोगहरुको बारेमा बाहिरी संसारले धेरै जानकारी पाउँदैन । तर, नेस जियोना इलाकामा रहेको यो प्रयोगशालाको निरीक्षण गरेर फर्केपछि र,क्षामन्त्री नेफ्ताली बेन्नेटले भ्या,क्सिन बनेको खुसीको खबर विश्वभरका मानिसहरुलाई दिएका हुन् । यो समाचार टाइम्स अफ इजरायल, जेरुसेलम पोस्ट, एरियाना न्यूज लगायतका कैयौं मिडिया संस्थानहरुले प्रकाशित गरेका छन् ।

रक्षामन्त्री बेन्नेटका अनुसार यो एन्टिबडीले मोनोक्लोनल तरिकाले कोरोनाभाइरसमाथि आ,क्रमण गर्छ । यसले बिरामी व्यक्तिको शरीरभित्र नै भाइरसलाई न,ष्ट गरिदिन्छ । त्यसपछि भाइरस शरीरको अन्य भाग वा अर्को मानिसमा फैलिन पाउँदैन ।

Related Articles

Back to top button