समाचार

काठमाडौंमा पुनः कोरोना संक्रमण देखियो

काठमाडौं, २३ बैशाख । निको भएर घर फर्किएका काठमाडौंका एक व्यक्तिमा पुनः कोरोना संक्रमण देखिएको छ । जानकारी अनुसार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षीय एक पुरुषमा पुनः कोरोना संक्रमण दृखिएको हो ।उक्त अपार्टमेन्टमा बस्दै आएका ती पुरुषसँगै ८१ वर्षीया एक बृद्धामा बैशाख एक गते कोरोना पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गराएर दुवै जना बैशाख ११ गते घर फर्किएका थिए ।नुवाकोट, २३ बैशाख । विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणले नेपालमा समेत सन्त्रास बढिरहेका बेला चेकजाँच र उपचारका लागि स्वास्थ्य सामग्रीको अभाव पनि बढ्दो छ ।

तर, यस संकटको बेला एक पूर्वमन्त्रीले व्यक्तिगत पहलमा नुवाकोट जिल्लाभरको लागि कोरोना चेकजाँचको उपकरण लगायत स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गर्नुभएको छ ।हाल जिल्लाको करिब ३ लाख जनसंख्यामा रहेका नागरिकलाई आंशिक रुपमै भएपनि कोरानोबाट बचाउन राहत पुग्नसक्ने योजनासहित पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नुवाकोटका १० वटै गाउँपालिकामार्फत् ज्वरो चेकजाँच गर्ने डिजिटल थर्मल गन वितरण गर्नुभएको हो ।नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ, किस्पाङ, सुर्यगढी, लिखु, तादी, ककनी, शिवपुरी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिका गरी १२ वटै स्थानीय तहका प्रमुखहरुमार्फत् जिल्लाका नागरिकका लागि उक्त सहयोग उपलब्ध गराउनुभएको हो ।

पूर्वसभासद् जगदिश्वर नरसिंह केसी सहितको उपस्थितिमा उहाँले स्वास्थ्य सामग्री वितरण गर्नुहुँदै कोरोना भाइरस विरुद्धको लडाईंमा सबै पक्षको सक्रिय सहभागीता हुनुपर्नेमा जोड दिनुभयो ।उहाँले विपद्को समयमा सबै नागरिकलाई आवश्यक्ताको आधारमा समान रुपले राहत वितरण गर्न सबै स्थानीय तहका प्रमुख एवम् प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले जिल्लाका १० वटै गाउँपालिकालाई मास्क र स्यानिटाइजर वितरण गरेको छ । ट्रस्टका अध्यक्ष डा। केदारनरसिंह केसीका अनुसार सबै गाउँपालिकालाई १ हजारको दरले मास्क र ४० प्रति स्यानिटाइजर वितरण गरिएको छ ।ट्रस्टले यस अघि पनि स्वास्थ्यकर्मी, पत्रकार, एम्बुलेन्स चालकलाई विभिन्न स्वास्थ्य सामग्री र मजदुर दिवसका दिन कृषकका लागि खाद्यान्न सामग्री उपलब्ध गराएका थिए ।

Related Articles

Back to top button