समाचार

मोटरसाइकल सहित पहिरोमा पुरिएर खनालको निधन

हेटौँडा – काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै मंगलबार राति बा४४प ६०८५ नंको मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पु’रेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा पु’रिएर उक्त मोटरसाइकल चालक भीमफेदी गाउँपालिका–८ देउराली बस्ने २३ वर्षीय कृष्ण खनालको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक खनालको शव परीक्षणका लागि प्रहरीले हेटौँडातर्फ ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।त्यस्तै भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा थप एक जनाको ज्यान गएको छ।

आईतवार निधन भएकी रामकला महत्राकी ७ वर्षिय छोरी बिपा महत्राको पनी उपचारको क्रममा गएराती निधन भएको हो।जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जना मध्ये ३० वर्षिया रामकला महत्राको गत आईतवार उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा निधन भएको थियो भने छोरी बिपा महत्राको भैरहवा मेडिकल कलेजमा गएराती निधन भएको मृतकका मामा हुम बहादुर रायमाझीले बताए। जंगली च्याउ खाँदा आमाछोरीको दुई दिनको अन्तरमा निधन भएको छ।

सासु लालसरी महत्रा र देउरानी लक्ष्मी महत्रा बिरामी छन्। दुवैक जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए।च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधी खरिद गरी सेवन गरेका थिए। समस्या झन् बढेपछि मात्र उनीहरु शनिबार अर्घाखाँची अस्पताल आएका थिए। समस्या जटिल देखिएपछी बुटवल रिफर गरिएकोमा दुई जनाको निधन भएको छ भने दुई जनाको उपचार भईरहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए।

Related Articles

Back to top button