समाचार

भारत र चीनको त्रिदेशीय सीमा पहिलो पटक नेपाल प्रहरी

काठमाडौं– नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा नेपाल प्रहरी राखिने भएको छ । दार्चुलाको व्यास गाउँपालिका–१ छांगरुको सितापुलमा नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरी पुर्याइएको हो ।६ महिना मात्र राज्यको उपस्थिति रहने छांगरु पुग्ने बाटो अवरुद्ध हुँदा पहिलो पटक हेलिकप्टरमार्फत सुरक्षाकर्मी पु¥याइएको छ । तस्बिर: नरेन्द्रसिह कार्कीयात्रुबाहक बस वाग्मतीमा खस्यो , आफ्नो ज्यान फालेर चालकले सबैलाई बचाए !काठमाडौँ : शुक्रबार यात्रुबाहक बस वाग्मती नदीमा खस्दा एकजनाको मृत्यु भएको छ ।सिन्धुलीको महेन्द्रझाडीबाट सर्लाही आउँदै गरेको ना ३ ख ६६४२ नम्बरको बस हरिहरपुरगढी गाउँपालिका–६ स्थित मोरंगेको उकालोबाट खोलामा खस्दा बसका चालक ३५ वर्षीय वीरु राईको ज्यान गएको हो ।घटनास्थलमा रहेको बाटो निकै उकालो भएकाले बसमा सवार सबै यात्रुलाई ओरालेर बस लिएर जाँदा ‘स्टार्ट’ बन्द भएपछि अनियन्त्रित भइ बस खोलामा खसेको बताइएको छ ।उक्त

दुर्घटनामा बस चालक राईको घटनास्थलमै ज्यान गएको स्थानीयले बताए।प्रकाशित : शुक्रबार, जेठ १७, २०७६१०:४९काठमाण्डौ – गुल्मीको धुर्कोट गाउँपालिकाले १५० जनालाई रोजगारी दिएको छ । सरकारले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ३० दिनका लागि १५० जनालाई रोजगारी दिइएको गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिनुभयो ।१३ जनालाई शिक्षण संस्थामा, ४ जनालाई स्वास्थ्य संस्थामा, १५ जनालाई सिँचाई कुलो मर्मतमा, १५ जनालाई कृषि र पशुपालनमा, ७ जनालाई विद्युत मर्मतमा, १५ जनालाई खानेपानीमा र ८१ जनालाई सडकमर्मतको काम दिइएको उहाँले जानकारी दिनुभयो । धुकोर्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्र हो । मन्त्री विष्टले आफ्नो प्राथमिकता स्वदेशको रोजगारी भएको र अबको पाँच वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने बताउँदै आउनुभएको छ ।यो वर्ष थप पाँच लाख युवालाई स्वदेशमै रोजगारी दिने सरकारको योजना छ । प्रधानमन्त्री रोजगार कार्याक्रम कार्यान्वयनका लागि मात्रै ५ अर्ब १ करोड बजेट बिनियोजन गरिएको छ । यसअघि गुल्मीकै मुसिकोट नगरपालिकाले पनि ९० जना युवालाई नगरपालिका भित्रै रोजगारी दिएको थियो ।

Related Articles

Back to top button