अन्तर्राष्ट्रिय

सुखद खबर – आफै कमजोर हुनसक्छ कोरोना भाइरस, छिट्टै हराउनसक्छ

कोरोनाभाइरसबाट पीडित विश्वका लागि एक आशाको किरण भाइरस आफैले लिएर आएको छ ।अमेरिकाको एरिजोनामा वैज्ञानिकले कोरोनाको सार्स–कोभ–२ भाइरसमा एउटा यस्तो अनौठो म्युटेशन (बदलाव) र जेनेटिक प्याट्रन पत्ता लगाएका छन्, १७ वर्ष पहिलो सार्स भाइरसको संक्रमणको समयमा यस्तै म्युटेशन देखा परेको थियो । यो परिवर्तन भाइरस प्रोटिनको ठूलो हिस्सा अर्थात् यसको जेनेटिक मेटरियल आफै गायब हुनु हो । वैज्ञानिक यसकारण उत्साहित छन् किनकी यस्तो परिवर्तन देखिएका ५ महिनाभित्रै सार्सको संक्रमण सकिएको थियो । त्यसैले कोरोनाको यो संकेत उसको कमजोरीको कारण बन्नसक्ने भन्दै वैज्ञानिकहरु उत्साहितछन् ।के हो म्युटेशन कुनै स्थान वा वातावरण वा अन्य कारणले कुनै भाइरसको जेनेटिक संरचनामा हुने परिवर्तनलाई म्युटेशन भनिन्छ ।अनुसन्धानका दौरान शोधकर्ताहरुले गणितिय नेटवर्क एल्गोरिदमको सहयोगबाट भाइरसको संरचनाको अध्ययन गर्छन् । काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्चका विशेषज्ञ डाक्टर सीएच मोहन रावका अनुसार भारतमा कोरोना भाइरस सिंगल म्युटेशनमा छ ।यसको अर्थ यो चाडैं

समाप्त हुने संभावना छ । तर, यदी भाइरसले बारम्बार रुप बदल्यो भने खतरा अझै बढ्नेछ र भ्याक्सिन बनाउन पनि चुनौती हुनेछ । सात प्वाइन्टमा बुझ्नुस् यो अध्ययन १ नयाँ म्युटेशन राम्रो छ भाइरसको केही म्युटेशन मानिसका लागि घातक हुन्छ भने केही फाइदाजनक हुन्छ । एरिजोना स्टेट विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार अहिले जुन म्युटेशन देखिएको छ छ, यो खासमा मानव समुदायको हितका लागि एक अद्वितीय परिवर्तन हो ।२ जेनेटिक लेटर्सको गणित शोधकर्ताहरुले नाकको स्वाबको ३ सय ८२ नमूनामा पाइएको भाइरसको जिनोमलाई जीन सिक्वेन्सिङ गरे । मानिसको जस्तै भाइरसको जेनेटिक मेटेरियल सुक्ष्मतम केमिकल युनिट्ससँग मिलेर बनेको हुन्छ, जसलाई लेटर्स भनिन्छ ।३ भाइरसमा ३० हजार आरएनए लेटर्स सहज रुपमा बुझ्नुपर्दा हामी मानिसको मुख्य जेनेटिक मेटेरियल हाम्रो डिएनए हुन्छ र शरीरमा झन्डै ३ अर्ब डिएनए लेटर्स हुन्छ । त्यस्तै, कोरोना भाइरसको जेनेटिक मेटेरियल आरएनए प्रोटिन हुन्छ र एक भाइरसमा झन्डै ३० हजार आरएनए लेटर्स हुन्छ ।

४ तीन सय ८२ नमुनामा एक अनौठो एरिजोना स्टेट विश्वविद्यालयका वैज्ञानिकले तीन सय ८२ नमुनाको अध्ययन गर्दै गर्दा एक भाइरस स्याम्पलमा ८१ लेटर्स गायब रहेको भेटियो । यस सोधका प्रमुख डाक्टर इफ्रेम लिमका अनुसार १७ साल पहिले २००४ मा सार्स भाइरसको संक्रमणका दौरान यस्तै भेटिएको थियो । त्यतिबेला पनि जब भाइरस कमजोर भएको थियो, तब उसको प्रोटिन संरचनाको ठूलो हिस्सा गायब हुन थालेको थियो । \\५ भ्याक्सिनका लागि कमजोर भाइरस राम्शोzधकर्ता डाक्टर लिमका अनुसार कोराना भाइरसको यो कमजोर रुप यसकारण राम्रो छ किनकी यसबाट समयसँगै भाइरसको क्षमता कम हुने थाहा हुन्छ । कमजोर भाइरस भ्याक्सिन बनाउने दिशामा निकै उपयोगी साबित हुनसक्छ । अहिले अक्सफोर्डमा जसरी कोरोनाको भ्याक्सिन बनाइदैंछ, त्यहाँ चिम्पान्जीको कमजोर भाइरसको प्रयोग भइरहेको छ ।६ सार्स जस्तै कोरोनासार्स भाइरसको संक्रमणका दौरान १७ वर्ष पहिले फेब्रुअरी २००३ देखि जुलाई २००३ को सयम यसको भाइरसाम यस्तै म्युटेशन देखिएको थियो । यस दौरान यो महामारी एशियामा अचाक फैलियो र फेरि पाँच महिनामा कमजोर भयो । यसपछि संक्रमण बिस्तारै कम हुँदै गयो र म्युटेशनका कारण भाइरस कमजोर भएको मानियो । कोभीड–१९ को मामिलामा पनि यो आशा यो पहिलो किरणका रुपमा देखिएको छ किनकी यो भाइरस पनि सार्सको भाइरसँग निकै मिल्दोजुल्दो छ र त्यसैले यसको नाम सार्स–कोभ– २ दिइएको छ । ७ राम्रो संकेत भाइरसको कमजोरीबाट यो संझन सकिन्छ कि यो एक इम्युन प्रोटिन हो जसको अर्थ यसले बिरामीको एन्टी भाइरल रेस्पोन्ससँग लड्छ । अब सार्स– कोभ–२ को एक नमूनामा यस्तो देखिनुको अर्थ यो भाइरस कम संक्रामक र कमजोर हुनसक्छ ।

Related Articles

Back to top button