समाचार

मोटरसाइकल र ट्रक ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु

हेटौंडा । मकवानपुरको बसामाडीमा मोटरसाइकल र ट्रक ठोक्किँएको छ । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ भएको दुर्घटनामा मोटरसाइकलमा सवार सौरभ सुवेदी र अस्मित सुनारको मृत्यु भएको हो ।हेटौंडाबाट बसामाडीतर्फ जाँदै गरेको ना ३८ प ५३३२ नम्बरको मोटरसाइकल र चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-३ बसामाडीमा ठोक्किएका थिए ।

सुनारको चितवनस्थित पुरानो मेडिकल कलेजमा र सुवेदीको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।सप्तरी, २५ वैशाख । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ सीतापुरमा आज भएको दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित सवारी साधन मर्मत गर्ने ग्यारेज अगाडि सडक किनारमा रोकिराखेको ना३ख ६१२६ नंको ट्रक पछाडि ठोक्किएर स८प ५६२९ नंको मोटरसाइकल सवार अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ प्रसवनीका २३ वर्षीय विक्रम सरदारको घटनास्थलमै मृत्यु भएको स्थानीय तारकेश्वर सिंहले जानकारी दिए ।उनीसँगै मोटरसाइकल पछाडि रहेका सोही ठाउँका २६ वर्षीय तरुण सरदार गम्भीर घाइते भएका छन् । घाइते तरुणलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ । उनीहरु बिहानै माछा मार्न घरबाट निक्लिएका स्थानीय रमेश चौधरीले जानकारी दिए ।

Related Articles

Back to top button